गाउँमा कोदो रोपाई धमाधम
Published on
2:54:00 AM //
पि.एम.मगर
गुल्मी, साउन ७ । साउन महिना शुरु भए लगत्तै गुल्मीको पश्चिम ग्रामिण क्षेत्रमा यतिवेला कोदो रोपाई शुरु भएको छ । नेपालको प्रमुख वाली धान रोपाई सके लगत्तै कोदो रोपाईतर्फ किसानहरु लागेका छन् ।
साउनमा रोपी मंसिरमा भित्राईने उक्त कोदो खेती स्वास्थ्यको दृष्टीकोणले पनि पोसिलो खाना मानिन्छ । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार कुल १ लाख ७ हजार ९ सय १८ दशमलव २ मध्ये जम्मा ५४ हजार १ सय ७७ दशमलव ८ हेक्टरमा कृषि खेति गरिन्छ । साउन महिनाको वर्षातको झरीसँगै खेतारी, सिँगारेद्धारा तीज गीतहरु गाउँदै हातमा छनछन् हरिया चुराहरु वजाउँदै कोदो रोप्ने गरिन्छ । कोदोवाट रोटी पिठो, ढिडो जस्ता स्वादिला परिकारहरु वन्दछन् ।
लोप हुँदै गाउँ घरमै सिमित रहेको कोदो आज भोली मौलाउँदै सहर केन्द्रीत वन्न पुगेको छ । ठुल्ठुला पाँचतारे रेष्टुरा तथा होटलहरुमा आजभोली गुन्द्रुक, ढिरो र टिमुरको चटनी खाने चलन छ । यसले स्वास्थ्यलाई पनि फाईदा पुग्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । गुल्मीको क्षेत्र नं. २ र ३ का प्राय सवै गाविसमा यो खेति गरिन्छ । पछिल्लो समयमा युवा जनशक्ति रोजगारका लागि विदेश पलायन हुँदा काम गर्ने व्यक्ति पाउन गाह्रो भएको स्थानीयको भनाई छ । वजारको सवै उपभोग्य वस्तुको मुल्य वृद्धि हुँदा समेत कोदोको मुल्यमा परिवर्तन नआएको किसानहरु दुखेसो व्यक्त गर्दछन । यता भने जति पैसा दिँदा पनि काम गर्ने जनशक्तिको अभाव छ भने उता वजारमा उचित मुल्य नपाउँदा किसानहरुको नैराश्यता वढेको छ ।
आजभोली कतिपय कृषिजन्य क्षेत्रहरुमा कोदो रोप्न छोडी वारीलाई खरवारी वनाउँदै गइरहेका छन भने कतै कोदो रोप्ने जमिनमा गहुँ, तोरी रोपेर गुजारा चलाएका छन् । पछिल्लो समयमा आधुनिक खेती गर्नतर्फ सरकारले जोड दिईरहेको अवस्थामा कतै कोदो खेती नै लोप हुने हो कि, कोदो खेतीलाई पनि मुख्य वाली सम्झी जताततै खेती लगाउन सके व्यवसायी हुन सकिने स्थानीय कृषकहरुको भनाई छ ।