Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर गोठ पहिरोले पुरियो, भैंसी, वाख्रा र कुखुरा पनि पहिरोमा परे

Published on 11:57:00 PM //

सीता भण्डारी,
गुल्मी ७ साउन । अविरल वर्षासँगै खसेको पहिराले गुल्मीको हस्तीचौरमा एक घर पुरिएको छ । हस्तीचौर गाविस वार्ड नं ८ पालुखा निवासी  करिव ८० वर्षीय वृद्धा गोमती विकको आज विहान घरमाथिवाट झरेको पहिरो घर पुरिएको हो ।
पहिरोले घर पुरिदाँ घरमा रहेको अन्न, लत्ता कपडाका साथै २ ओटा वाख्रा र कुखुरा समेत पुरिएका छन् । पानी परिरहेकोले पहिरो जाने डरले गोमति विहानै छिमेकिको घरमा निस्केकोले मानवीय क्षति हुनवाटभने जोगिएको छ । छोराहरु रोजगारिको सिलसीलामा भारतमा रहेका र वृद्ध गोमती घरमा एक्लै वस्ने गरेको स्थानीय मानवहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । ठुलो पहिरो खसेका कारण पुरिएका सामग्री निकाल्न समस्या परेको स्थानीयवासीले वताएका छन् ।
त्यस्तै लगातारको वर्षासँगै अर्घाखाँचीको खन गाविसमा पनि पहिरोले गोठ पुरिदिनुका साथै घरहरुसमेत जोखिममा परेका छन् । पहिरोले खन गविस १ निवासी जनार्दन खनालको गोठ पुरिँदा गोठमा रहेको भैंसी मरेको छ । दुईवटा भैसी पुरिएकोमा एउटा भैंसीलाई घाईते अवस्थामा निकालीएको स्थानीय तारा खनालले जानकारी दिनुभयो । त्यस्तै घर मुनिवाट पनि पहिरो खसेपछि घर समेत जोखिममा परेको छ । गोठ पुरिँदा करिव १ लाख ३० हजार बराबरको क्षति भएको वताईएको छ । त्यसैगरी घर मुनिवाट पहिरो गएपछि सोही ठाउँ निवासी सरस्वती खनालको पनि घर जोखिममा परेको छ । पहिरोले वार्ड नं ७ का कृष्ण सुनारको गोठ भत्किँदा करिव ८० हजार वरावरको क्षति भएको छ भने वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा त्यस क्षेत्रका सडक समेत अवरुद्ध वनेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग