Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माण ब्यवसायीले २ करोड राजस्व नतिरेको खुलासा

Published on 10:26:00 PM //

कबिता घर्ती मगर
बाग्लुङका निर्माण ब्यवसायीले राज्यलाई तिर्नुपर्ने मूल्य अभिवद्धि कर (भ्याट) बापतको राजस्व नतीरेको खुलासा भएको छ । जिल्लाबाहिर दर्ता भएर बाग्लुङमा कार्यक्षेत्र बनाएका झन्डै साढे तीन दर्जन निर्माण कम्पनीले २ करोड ८ लाख रुपैयाँ नबुझाएका हुन् ।
कारोबारबापतको राजस्व चुक्ता नगरेपछि कर कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाग्लुङलाई रकम असुलीमा सघाउन आग्रह गरेको छ । निर्माण कम्पनीले २ करोड ८ लाख रुपैयाँ रकम नतिरेपछि राजस्व असुलीमा सघाउन अनुरोध पत्र आएको कोलेनिका प्रमुख विष्णुहरि तिमिल्सिनाले बताउनुभयो । रकम नतिर्ने पोखरा, काठमाडौंमा दर्ता भएर बाग्लुङका भवन, सडक, पुल निर्माणको क्षेत्रमा कार्यरत फर्म छन् ।
कोलेनिका बाग्लुङका अनुसार छत्र निर्माण सेवाले २३ लाख २७ हजार, लक्ष्मीसरस्वती तथा भण्डार पोटुङले ४३ लाख २६ हजार, पिएल कन्स्ट्रक्सनले २४ लाख ४० हजार, द हिमालय कन्स्ट्रक्सन २५ लाख ६ हजार रुपैयाँ लगायतका कम्पनीले सरकारलाई बुझाउनुपर्ने राजस्व तिरेका छैनन् । उनीहरुले न्यूनतम १० र २० हजारदेखि ४२ लाख रुपैयाँसम्म नतिरेको कोलेनिका तिमिल्सिनाले बताउनुभयो । स्थानीय ठेकेदारले रकम तिरे पनि ठूला करदाताले रकम नबुझाएको करदाता सेवा कार्यालय बाग्लुङले जनाएको छ ।
यसैबीच सेवा कार्यालयले अघिल्लो बर्षको तुलनमा आथिर्क बर्ष ०६९-७० मा राजस्व संकलन बढाएको छ । आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, शिÔा सेवा शुल्क गरी ६ करोड ५० लाख रुपैयाँ संकलन गरेको करदाता सेवा कार्यालय बाग्लुङका प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।
अघिल्लोभन्दा यो बर्ष ३१ प्रतिशतले बढी हो । व्यवसायीले फर्म, उद्योग, पसल दर्ता गरेर कर तिर्न थालेपछि राजस्व संकलनमा बढेको हो । आफ्नो व्यवसाय दर्ता गरेपछि कर तिर्नेको संख्या ३ हजार १ सय ७१ पुगेको कार्यालयले जनाएको छ ।
विगतमा उद्योग–धन्दा, व्यापारिक प्रतिष्ठानमात्र दर्ता हुने प्रचलन थियो । अहिले स—साना किराना, कपडा पसलले पनि कर तिर्न थालेका छन् । बाग्लुङ बजारसहित जिल्लाको बुतिर्वाङ बजार, हटिया, कुश्मिशेरा, खरवाङलगायत ग्रामिण बजारका व्यवसायीमा पनि दर्ता गर्ने उत्साह देखिएपछि राजस्व संकलन बढेको बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग