Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेद्वारा नेपालमा बाढिपिडितलाई सहयोग

Published on 10:22:00 PM //

फणिन्द्र भट्टराई
गुल्मी जिल्ला समाज युकेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले नेपालमा हालै आएको अविरल वर्षाको कारण बिस्थापितहरुको सहयोगार्थ अन्तरकमिटि सहयोग संकलन गरेको छ |
बैठक संस्थाका अध्यक्ष्य अर्जुन गौतमको अध्यक्ष्यतामा साउथ इस्ट लण्डन स्थित खान रेस्टुरेन्टमा बसेको थियो जसको संचालन महासचिब राम गलामीले गर्नु भएको थियो | आगामी अगस्त ४ मा हुन् गैरहेको संस्थाको बार्षिक भेटघाटको तयारी तथा सल्लाहकार एवं एरिया प्रतिनिधिहरुको सम्मानार्थ बोलाइएको उक्त बैठकमा नेपालमा बाडीपिडितहरुलाई राहत स्वरूप नेरु १,११,८८८.००( एक लाख एघार हजार आठ सय अठासी), सल्लाहकार बालजंग अर्यालको संयोजनमा संकलन गरिएको थियो | उक्त रकम नेपालमा यसै साता हस्तान्तरण गरिने भएको छ |

बैठकमा सहभागीहरुलाई स्वागत मन्तब्य दिदै उपाध्यक्ष्य बिनोद ज्ञवालीले आ आफ्नै प्रतिकुलताका बाबजुत प्रत्येक भेलामा उपस्थिति जनाएर गुल्मेलीहरुले जिल्लाप्रतिको समर्पण दर्शाएको बताउनु भयो | बैठकको प्रारम्भमै छोटो मन्तब्य दिदै अध्यक्ष्य अर्जुन गौतमले अग्रजहरुले संस्थामा खेलेको भूमिकाको प्रशंशा गर्दै नया कार्यसमितिको क्रियाशिलताले आफुलाई थप उत्साह मिलेको भन्दै आगामी दिनमा संस्थाको बृहत्तर उन्नतिको लागि सल्लाहकारहरुको बिशेष महत्व हुने कुरा औल्याउनु भयो | उहाले आगामी भेटघाट कार्यक्रम भब्य रुपमा सफल बनाउन एरिया प्रतिनिधि लगाएत सबैलाई अनुरोध गर्नुभयो | सोहि अवसरमा उहाले संस्थाको आजिबन सदस्यता लिनेको संख्या दिनानुदिन बढ्दै गैरहेकोले समाजको संथागत संजाल बृहत भैसकेको बताउनु भयो |बैठकमा अध्यक्ष अर्जुन गौतमले सल्लाहकारहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो भने अतिथिको रुपमा आउनु भएका बिष्णु भण्डारीले एरिया प्रतिनिधिहरुलाई सम्मान गर्नु भएको थियो |

आगामी अगस्त ४ को बार्षिक भेटघाट कार्यक्रममा बिमोचन गर्न लागिएको संस्थाको स्मारिका "हाम्रो सेवा" को बारेमा जानकारी दिदै पूर्व उपाध्यक्ष एवं सल्लाहकार मोति राज भण्डारीले पुस्तक प्रकाशित भएर तैयारी अवस्थामा रहेको जानकारी दिनु भयो | संस्थाकै महत्वपुर्ण दस्ताबेजको रुपमा रहने उक्त पुस्तकको प्रभाबकारी बितरणमा सघाउन पनि उहाले अनुरोध गर्नु भयो | स्मारिकाकै बारेमा बोल्दै वर्तमान उपाध्यक्ष केशब भण्डारीले प्रकाशनार्थ लागेको लामो मेहनत र अथक प्रयास पुस्तकको स्तरीयता बाटै झल्किने बिश्वास ब्यक्त गर्नु भयो साथै उहाले बिशिष्ठ व्यक्तिहरुका आलेख समाहित पुस्तक अहिलेसम्मकै सबैभन्दा बढी गुल्मी सम्बन्धि जानकारी मुलक भएको जिकिर गर्नु भयो | त्यस्तै बैठकमा आर्थिक अपडेट कोषाध्यक्ष टोप पल्लीले गराउनु भएको थियो |

आगामी भेटघाट कार्यक्रमको तयारीको बारेमा जानकारी दिदै संयोजक बिर बलालले कार्यक्रमको रुपरेखा तथा अन्य प्राबिधिक बिषयमा बिस्तृत जानकारी दिनु भएको थियो | त्यसैगरी सांस्कृतिक तयारीको बारेमा रुद्र थापाले अपडेट गर्नु भएको थियो भने कार्यक्रममा सम्पूर्ण सुरक्षा सम्बन्धि चाजोपाजो मिलाई सकिएको जानकारी टिका थापाले दिनु भएको थियो | बैठकमा बोल्दै सचिब शिब भण्डारीले संस्थामा महिला सहभागिता तथा क्रियासिलाता उत्साहपूर्ण रहेको बताउनु भयो साथै उहाले आगामी कार्यक्रम मा पुरस्कार तथा अन्य खर्चको प्रयोजन गर्ने प्रायोजकहरु धन्यबादका पात्र रहेको बताउनु भयो| त्यस्तै मेडियाको महत्व माथि प्रकाश पार्दै फडिन्द्र भट्टराईले संस्थाको मेडिया कभरेजले प्रभाबकारी निरन्तरता पाएको भन्दै फेसबुकको संचालन बाट धेरैलाई समेट्न र सुसुचित गर्न सकिएको बताउनु भयो | बैठकमा सहकोसध्यक्ष राजन खरेल सदस्यहरु गंगा राना, मति पुन,कृष्ण खरेल, राम सापकोटा ले पनि आ आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो |

बैठक अन्त्यतिर बिशेष समय अन्तर्गत बोल्दै संस्थापक अध्यक्ष ओम प्रसाद थापाले बिगतका अनुभवहरु लाई अगाल्दै नया कार्यनीतिहरु बनाउदा उत्तम हुने भन्दै संस्थाका अपुरा कार्यक्रमहरु लाई पूर्णता दिन नया कार्यसमिति सफल होस् भन्दै आफ्नो त्यसमा पूर्ण सहयोग रहने बताउनु भयो |सोहि अनुरुप पुर्व उपाध्यक्ष तथा सल्लाहकार द्वय दुर्गा पाण्डे एवं संकर भण्डारीले समेत आफ्ना बिचारहरु राख्नु भएको थियो | बैठकमा उपस्थित सल्लाहकारहरु बालजंग अर्याल, दासु पाण्डे, फत्त थापा, रण केसी, प्रेम प्रसाद गैरे, गोकर्ण बस्नेत, मिन दर्लामी, तोय थापा, बिन भुजेल, खड्ग रेश्मी,राजेन्द्र श्रेष्ठ लगाएतले संस्था संचालनमा आ आफ्नो राय सुझाब प्रस्तुत गर्नु भएको थियो | आगामी कार्यक्रमको संयोजन क्षेत्रगत हिसाबले गर्नु पर्ने भएकोले महिला प्रतिनिधि मंजु खरेल , तारा भट्टराई तथा एरिया प्रतिनिधिहरु कृष्ण ढकाल, गंगा खरेल, कृष्ण गैरे, बिस्नु ज्ञवाली ,भिम राकस, पूर्ण बलाल, पदम गुरुङ, प्रेम बुढाथोकी, हरि पन्त, राजेन्द्र श्रेष्ठ, लगाएत सबै जनाले छलफलमा भाग लिनु भएको थियो |

अन्त्यमा बैठक समापनको घोषणा गर्दै अध्यक्ष्य अर्जुन गौतमले बाडीपिडितलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अगस्त ४ को भेटघाट कार्यक्रममा पन्चे बाजा, गुल्मेली झ्याउरे, भजन चुटका, तिज गित, जस्ता लोक सांस्कृतिक मनोरंजन, भलिबल प्रतियोगिता लगाएत अन्य खेलकुद र स्वादिष्ठ परिकारहरुको अनुपम संगम एकैठाउमा हुने स्मरण गराउदै प्रचार प्रसारमा लाग्न अनुरोध गर्नु भयो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग