Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपकोटमा पहिरोले बगाउँदा एक युवती घाईते

Published on 10:42:00 PM //

गुल्मिको रुपाकोटमा शुक्रबार बिहान पहिरोले बगाउँदा एकजना घाईतेका छन । रुपाकोट चिउरेनी (बोटे गाउँ) की २० बर्षिया सावित्रा माझीलाई रुपाकोट स्थित भिरबाटोमा शुक्रबार बिहान गएको पहिरोले बगाएको हो । आफ्नो घरबाट सोता मेलामा काम गर्न हिँडेकी माझिलाई भिरबाटोमा केही साता पहिला झरेको पहिरो पार गर्दै गर्दा पुन: पहिरो गएर करीब ५० मिटर तल बडिघाट खोलाको छेउमा पुर्याएको प्रत्यक्षदर्शी पाण्डव गौतमले गुल्मीन्युज डट कमलाई बताए ।
माझिको स्थानीय सहित घटनास्थलमा रहेका मजुवाका युवाहरुले उद्दार गरेका थिए । पहिरोमा परेर खुट्टा भाँचिएकी माझिलाई मजुवाका केही युवाहरुले आफु स्वंय र सिस्नेखोलाबाट बुटवल चल्ने अनी सोता हुँदै वामी चल्ने केही सवारी साधनहरुबाट सहयोग उठएर उपचारको लागि पाल्पा पठाएको मजुवाबाट पाण्डब गौतमले खबर पठाएका छन ।
झन्डै २ महिना पहिले रुपाकोटको भिरबाटोमा गएको पहिरो खोल्न जिबिसले बेवास्ता गर्दा सवारीसाधनहरु चल्न सकेका छैनन भने यात्रु तथा स्थानियहरु यसरी जोखिम मोल्दै हिँड्न वाध्य छन । तस्बिर: पाण्डव गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग