Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेर्दा हेर्दै यसरी दुर्घटना भयो स्पेनमा रेल, ७७ जनाको ज्यान गयो (भिडियो सहित)

Published on 6:57:00 PM //

म्याड्रिड — दुई सय जना भन्दा बढी सवार रहेको एउटा रेल स्पेनको उत्तर पश्चिम क्षेत्र सेन्टियागो डे कोम्पोष्टेलामा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ। राजधानी म्याड्रिडबाट फेरोलतर्फ गइरहेको रेलका सबै १३ वटा डिब्बा लिकबाट बाहिरिँदा दुर्घटना भएको हो। ठूलो विस्फोटपछि रेल दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। तर सरकारी अधिकारीहरुले दुर्घटनाको कारण के थियो भन्ने बारे अझै केही भनेका छैनन्।  
दुर्घटनामा धेरै घाइते रहेको र केही हराइरहेको उद्दारमा संलग्न सुरक्षाकर्मीले बताए । हराइरहेकाहरु रेलको भग्नावेशषमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग