Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा झण्डै ११ करोड रकम फ्रिज, एलडिओले संचारकर्मीलाई दिए गलत सुचना

Published on 9:41:00 PM //

प्रेम सुनार
साउन ८, गुल्मी । यस वर्ष गुल्मीमा कुल ११ करोड भन्दा बढि रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न सरकारी निकायबाट कुल १० करोड ७२ लाख ९१ हजार १ सय १४ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा निरीक्षक होमनाथ पौड्याले दिएको जानकारी अनुसार सवै भन्दा वढि रकम जिल्ला विकास समिति गुल्मीमा ३ करोड १० लाख ३० हजार रुपैयाँ फ्रिज भएको छ । त्यस पछि जिल्ला शिक्षा कार्यालय जसले पटक पटक सम्पर्क राख्दा पनि फ्रिज रकमको विवरण दिन आलाटाली ग¥यो ।
को.ले.नि.का.ले भने नेट नभएका कारण सो कार्यालयको विवरण दिन नसक्ने बतायो । को.ले.नि.कासंग प्राप्त विवरण अनुसार सिंचाई कार्यालयमा २९ लाख ३७ हजार ७ सय ९९ रुपैँया फ्रिज भएको छ त्यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा ३५ लाख ३८ हजार १ सय ८७ रुपैयाँ फ्रिज भएको छ । अन्य कार्यालयहरुको विवरण तयार भई नसके पनि कुल रकम करिव करिव ११ करोड फ्रिज भएको यकिन भई सकेको लेखानिरक्षक पौड्यालले बताए ।

एलडियोबाट गलत सुचना

जिल्ल्ला विकास समितिको फ्रिज रकम कम देखाउन स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले यस अघि गलत सुचना दिएको खुलसा भएको छ । यस अघि सञ्चारकर्मीसंग उनले त्यस कार्यालयबाट जम्मा २ करोड ३४ लाख मात्रै रकम फ्रिज भएको बताका थिए । तर अहिले को.ले नि.का.ले दिएको फ्रिज रकम विवरणबाट यस्तो खुलसा भएको हो । यसले जिल्ला विकास समितिमा कुल ३ करोड १० लाख ३० हजार रुपैयाँ फ्रिज भएको स्पष्ट पारेको छ । यसबाट स्थानिय विकास अधिकारीले ७५ लाख रुपैया भन्दा बढि फ्रिज रकम कम देखाउनका लागि गलत विवरण दिएको देखिन्छ । स्मरण रहोस उनले दिएको विवरण सहित २ करोड ३४ लाख मात्रै रकम फ्रिज भएको समचार यसअघी गुल्मीन्युज डट कम सहित विभिन्न सञ्चार माध्यममा आई सकेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग