Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मर्मत कार्यमा ढिलाई भएपछि स्थानीयलाई सास्ती

Published on 11:40:00 PM //

पि.एम.मगर
गुल्मी, असार २६ गते । गुल्मीको सदरमुकाम तमघासदेखि चौरासी पुर्कोटदह मोटरवाटो मर्मत कार्यमा ढिलाई भएपछि यात्रुहरु मर्कामा परेका छन् । मोटरवाटो मर्मत गर्ने क्रममा अर्जै खोला नजिकै सडक मर्मत गर्न १ महिना भन्दा वढी समय लागेपछि त्यस भेगका स्थानीय जनतालाई समस्या भएको दुर्गावहादुर खड्काले वताउनुभएको छ । मर्मत कार्य अझै नसकिएका कारण उनीहरु खोलाको जोखिम वाटो यात्रा गर्न वाध्य भएका छन् । वेलैमा सडक मर्मत हुन नसकेपछि प्रयाप्त मात्रामा यातायातका साधनहरु चल्न नसक्दा यात्रुहरु थप समस्यामा परेका छन् । एक वर्षे कार्य योजना अन्तर्गत आर ए आई डि पी को करिव ३ करोडको आर्थिक लगानीमा सडक विस्तार तथा मर्मत कार्य चलिरहेको खड्काले जानकारी दिनुभयो ।
यस्तै झण्डै १ वर्ष अगाडीदेखि अवरुद्ध गुल्मी बलिथुम गाविसको एक शाखा मोटरवाटो अहिले सञ्चालनमा ल्याउने तयारी भएको छ । एक वर्षदेखि अवरुद्ध गाविस भवनदेखि रैनादी हुँदै डल्लीखोला जोड्ने मोटरवाटो अहिले उपभोक्ताहरुले जनश्रमदानद्धारा सञ्चालनमा ल्याउने तैयारी शुरु गरेका छन् । मोटरवाटो विचविचमा भत्किएकोले ती पहिरोहरु हटाएपछि वार्ड नं. ५ को टापुडाँडासम्म सवारी साधन सञ्चालनमा ल्याईएको उपभोक्ताहरुले वताएका छन् । त्यस्तै सो सोही स्थानदेखि वार्ड नं. ६ रैनादीसम्मको वाटोका पहिरोहरु हटाउने काम भईरहेको र केही दिनमै रैनादीसम्म पनि यातायात सञ्चालनमा आउने स्थानीय उपभोक्ताहरुको भनाई छ । डोजर तथा स्क्याभेटर लगाई खनिएका मोटरवाटोका कारण त्यस भेगमा सामान्य वर्षा सुरु भएसँगै वाटो अवरुद्ध हुने गर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग