Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्णय कार्यान्वयन थाल्न लोक दोहोरी प्रतिष्ठान गुल्मीको निर्देशन

Published on 10:47:00 AM //

पि.एम.मगर
गुल्मी, साउन ०६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले सम्पन्न गरेका आफ्ना कार्ययोजनाहरुको समिक्षा गर्नुका साथै भावी योजनाका विषयमा समेत छलफल तथा निर्णय गरेको छ । प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष खुमवहादुर खत्रीको अध्यक्षतामा वसेको वैठकले खत्रीकै अध्यक्षतामा ७ सदस्यीय सचिवालय समितिको गठन गरेको छ भने रोड सांस्कृतिक कार्यक्रमका लागि कार्य योजना निर्माण गर्न टिकाराम पोखरेलको संयोजकत्वमा ३ सदस्यीय समितिको निर्माण गरेको छ । त्यस्तै प्रतिष्ठानले आफ्नो विधान अनुसार केही निष्कृय सदस्यहरुलाई पद मुक्त गर्नुका साथै थप दुई सदस्य कार्य समितिमा थप गरेको छ ।
यसअघिको वैठकको निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै अवका दिनहरुमा थप सशक्त भएर लाग्न समेत प्रतिष्ठानले अख्तियार सुम्पिएका व्याक्तिहरुलाई निर्देशन जारी गरेको छ । प्रतिष्ठानको छिट्टै तथा क्षेत्रीय सम्मेलन आयोजना गर्न समेत प्रतिष्ठानले संवन्धित संयोजकहरुलाई आग्रह गरेको छ । छलफलमा प्रतिष्ठानका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग