Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नार्डेकको समिक्षा कार्यक्रम तथा वेतुखर्क खानेपानीको साधारण सभा सम्पन्न

Published on 10:44:00 AM //

पि.एम.मगर
गुल्मी, साउन ०५ । राष्ट्रिय ग्रामिण तथा सामाजिक विकास केन्द्र नार्डेक नेपाल गुल्मीले आज आफ्नो वार्षिक कार्य सम्पादनको समिक्षा गर्नुका साथै आउँदो कार्य योजना लगायतका विभिन्न विषयहरुमा छलफल तथा समिक्षा गरेको छ ।
केन्द्रका अध्यक्ष रेशम कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वजेट र कार्यक्रम स्वीकृत, कर्मचारीको म्याद थप, प्रतिवेदन प्रकाशन, आगामी आर्थिक वर्षका लागि कार्ययोजना निर्माण, कोष सञ्चालन तथा परिचालन नियमावली स्वीकृत, भौतिक लेखा परीक्षण, लेखा परीक्षकको नियुक्ति, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता, सामाग्री खरीद लगायका विषयमा छलफल गर्नुका साथै निर्णय समेत गरको छ । संस्थाद्धारा सञ्चालित एकीकृत एचआईभी एड्स रोकथाम, हेरचाह र सहयोग कार्य, सामुदायिक विकास एलजीसिडिपी कार्यक्रम, प्रजनन स्वास्थ्य सुदृढिकरणका लागि समता र पहुँच र युवा साझेदारी कार्यक्रम, आर्थिक वर्ष २०६९÷७० को अवधिमा रही कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, संस्थालाई पुराएको सहयोगप्रति कार्यक्रम संयोजक सहित सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद प्रस्ताव समेत पारित गरको छ ।
त्यस्तै जनशक्ति व्यवस्थापन तथा परिचालन समितिको वैठकमा छलफल हुँदा त्यस संस्था अन्तर्गत विभिन्न कार्यक्रमहरुमा कार्यरत कर्मचारीहरुको कार्य अवधि २०७० असार मसान्त समाप्त भईसकेकाले कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन नतिजालाई आधार मानी साउनदेखि लागु हुने गरी नयाँ योजनाका साथ अगाडी वढ्ने समेत निर्णय गरेको छ । त्यस्तै एकीकृत एचआईभी एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रम अन्तर्गत नयाँ गाविसहरुमा समन्वय र साथी शिक्षकको नियुक्ति संवन्धि फिल्ड कार्यकर्तालाई सर्वाधिकार प्रत्यायोजन गरी साउन १५ भित्र सम्पुर्ण प्रकृया पुरा गरी नियुक्तीका लागि सिफारिस गर्न संपुर्ण फिल्डकर्तालाई निर्देशन दिने संस्थाले जनाएको छ ।
त्यसैगरी गुल्मीको सदरमुकाम तमघास स्थित भुजेलखर्क वेतुखर्क कमेरेपानी तथा सरसफाई उपभोक्ता समिति तमघास ८ गुल्मीको प्रथम वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ । 
साधारण सभाले समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको नयाँ नेतृत्वमा अध्यक्ष देववहादुर थापा, उपाध्यक्ष तारा थापा, सचिव चेतनारायण पन्थी, कोषाध्यक्ष धनिश्वर पाण्डे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मनिराम पाण्डे, माया पन्थी, लक्ष्मी कुवँर, गणेशवहादुर घर्ति मगर, जयवहादुर चुँदारा, रामप्रसाद पन्थी र जितेन्द्र भुसाल रहनुभएको छ । त्यस्तै पुर्णलाल श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समितिको समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा ह्रिप्रसाद पाण्डेय, रुमा गैरे, रेमलाल पन्थी र रामवहादुर थापा रहनुभएको छ । निर्वाचित समितिलाई वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर नारायणप्रसाद काफ्लेले सर्वसाधारणसम्म आफ्ना सेवा तथा सुविधाहरु विस्तार गर्न आग्रह गर्दै आफुले पनि आफ्नो स्तरवाट सक्दो सहयोग गर्दै जाने वताउनुभएको थियो । 
विशेष अतिथि तमघास वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदमप्रसाद पाण्डेय, फोहोर मैला व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रसाद पन्थी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष देववहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने भेलाको सञ्चालन अनुज पन्थीले गर्नुभएको थियो । सो योजनावाट पहुँच नपुगेका उपभोक्ताहरुलाई पनि अवको कार्यकालमा सेवा प्रदान गर्दै लैजाने, मिटर सिस्टमलाई व्यवस्थित गर्ने, फोहोर मैलालाई व्यवस्थित गर्दै जाने लगायतका सेवा सुविधाहरुको विषयमा व्यापक छलफल समेत भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग