Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघको बलेटक्सारमा अधिवेशन सम्पन्न

Published on 2:59:00 AM //

प्रेम सुनार
साउन १३, गुल्मी । नेकपा एमाले निकट युवा संघ नेपाल गुल्मीको बलेटक्सार गाउँ अधिवेशन तथा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाले एकीकृत नेकपा माओवादी उग्रवामपन्थी भड्कावको वाटो अंगालेकोले पतन हुदै गएको आरोप लगए । त्यस्तै उनले  नेपाली काग्रेस दिर्घकालिन योजना विना अगाडी वढेको भन्दै उसले पनि समाज रुपान्तरण गर्न नसक्ने आरोप लगाउँदै एमालेले मात्रै समाज रुपान्तरण गर्न सक्ने दावी गरे । त्यस्तै युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कृष्ण विश्कर्माले युवाहरुमा भएको क्षमता र दक्षतालाई समाज रुपातन्तरणको कार्यमा सिर्जनात्मक ढंगले प्रयोग गर्नु गाउँ वडा स्तरसम्म भला प्रशिक्षणको आयोजना गरिएको बताए । भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मण ज्ञवाली, क्षेत्रीय कमिटी उपाध्यक्ष देवनारायण ज्ञवाली, युवा संघ अञ्चल कमिटी सदस्य मेघराज पन्त, नेकपा एमाले वम्घा गाउँ कमिटी अध्यक्ष विरवल पुरी लगायतले प्रशिक्षणमूलक मन्तव्य राख्नु भएको थियो ।
भेलाले योजन के.सी.को अध्यक्षतामा ३७ सदस्यीय युवा संघ नेपाल बलेटक्सार गाउँ कमिटी गठन गरेको छ ।  कमिटीमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमशः हेमन्त पल्ली, दुर्गा विश्वकर्मा, यज्ञप्रसाद ज्ञवाली, नविन श्रेष्ठ सहितका सदस्यहरु रहेका छन् । एमाले सम्वद्ध युवाहरुलाई सैद्धान्तिक, वैचारिक रुपमा बलियो बनाउन र आगामी संविधान सभामा युवाहरुको भूमिकाका वारेमा प्रशिक्षित गर्न आयोजना गरिएको भेलामा बलेटक्सार गाविस भरीवाट उल्लेख्य युवाहरुको सहभागिता रहेको थियो ।
भेला नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कृष्ण विश्वकर्माको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष फर्सुराम ज्ञवालीको अध्यक्षता, सहसचिव शंकर ज्ञवालीको स्वागत मन्तव्य र युव संघ क्षेत्रीय कमिटी सहसचिव कृष्णप्रसाद ज्ञवालीको संञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग