Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षायाम लागे लगत्तै यातायातको भाडा दोब्बर बृद्धी, नियन्त्रण गर्ने निकाय मौन

Published on 9:47:00 PM //

प्रेम सुनार
गुल्मी, साउन १३ । दुईमहिना अघि सम्म आफ्नो घरबाट सदरमुकाम तम्घाससम्म जिपमा २ सय भाडा तिरेर आउने ईश्मा दोहोली– ८ का डिलाराम भण्डारीले आईतवार घरबाट तम्घास आएको ४ सय रुपैँया तिरेर आए । रामराज्य उच्च माध्यमिक विद्यालय दोहोलीका शिक्षक समेत रहेका भण्डारी भन्छन् ‘म शिक्षक भएर एक सय रुपैँया सस्तोमा तम्घास आएँ, अरुले ५ सय देखि साढे ५ सय सम्म तिरेका छन् ।’
"रकम मात्रै दोब्बर भएन आईपुग्ने समय पनि दोब्बरले ढिला हुन थालेको छ, बर्षाको समय सडक विग्रेका छन् ब्यवसायीहरुको मनपरि छ ", उनले थपे । यस्ता समस्या जिल्लामा थुप्रै हुने गरेको भटिएका छ । हस्तिचौरबाट जिपमै यात्रा गरेर तम्घास आएका हिमालय उच्च माध्यमिक विद्यालयका प्राचार्य दधिराम पन्थीले पनि दुई महिना अघि भन्दा अहिले दोब्बर भाडा तिरेको बताए । ‘दुई महिना अघि सम्म बसमा ८० रुपैँया र जिपमा एक सय रुपैँया तिरेका थियौँ’ उनले भने ‘ब्यवसायीको यस्तो मनपरि हुँदा पनि नियन्त्रण गर्ने निकाय छैनन जस्तो लागेर प्रशासन आएका हौँ ।’
जिल्लाको क्षेत्र नम्बर ३ का अधिकांश मुख्य सडकहरु बर्षायामको सुरुवातसंगै ठाउँठाउँमा पहिरो जाने र खाडल पर्न थालेपछि २८ वटा गाविसकै जनताले यस्तै सास्ती र चर्को भाडा रकमको सामना गर्नुपरेको छ । यसरी सास्ती वेहोरेका भण्डारी र पन्थी सहित एक दर्जन वढी उपभोक्ताहरु आईतवार प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको कार्यकक्षमा पुगेका थिए । क्षेत्र नम्बर ३ नेपाली काङग्रेसका सभापति दामोदर भुसालको नेतृत्वमा आएको टोलीले तत्काल ती समस्याहरु समाधानको लागी प्रमुख जिल्ला अधिकारीसंग माग गरेको छ ।
मागपत्रमा भनिएको छ ‘बर्षायाम संगै क्षेत्र नम्बर ३ का अधिकांश सडकहरु बाढी पहिरोका कारण अवरुद्ध हुँदा जनजीवन कष्टपूर्ण बनिरहेको र पछिल्लो १५ दिन यता विरामी देखि मलामी सम्म आवत जावत गराउन नसकिएपछि ध्यान आकृष्ट गराउन आएका हौँ ।’ करोडौँको योजनामा सडक डिभिजन कार्यालय पाल्पाद्धारा २ बर्ष अघि देखि स्तरबृद्धीको लागी काम सुरु भएपनि तम्घास, छल्दि पनाह, धनार्जी, मर्भुङ्ग, पूर्कोटदह, बाँझकटेरी अग्लुङ्ग जस्तो मुख्य सडकमा गाडि गुड्न सकेका छैनन् । त्यस्तै तम्घासबाट पश्चिम तर्फ पर्ने सिमाहघाट, धुर्कोट रजस्थल, भनभने, पूर्कोट दह खण्ड र तम्घास देखि उत्तर तर्फ रातडाँडा वडागाउँ, मुसिकोट पौँदी अमराई नेटा दर्लिङ्ग र ह्वाङ्गदी सडक मार्ग पनि सुचारु हुन नसक्दा विरामी तथा सुत्केरीहरु सवै भन्दा वढी मर्कामा परेका छन् । उनीहरुलाई २ दिनको बाटोमा बोकेरै तम्घास ल्याउने गरिएको छ ।
डेलिकेशनमा आएका सभापति दामोदर भुसालले रकम स्वाहा पार्नको लागी नयाँबाटो भत्काउन डोजर प्रयोग गरिएको छ तर नियमित संचालन हुनुपर्ने मुख्य ब्यस्त सडकहरु सामान्य पहिरोले अवरुद्ध हुँदा पनि जिल्ला विकास समिति र स्थानीय विकास अधिकारी बाट सुनु्वाई हुन नसकेपछि सिडिओ कार्यलयमा आएको बताए । पहिरो चाहने हो भने स्थानीय निकायबाट सुचारु गर्न सकिने खालका छन् । तर एक कानले सुन्ने र अर्को कानले उडाउने प्रवृत्तीले गर्दा समस्या निम्तिएको भुसालको ठहर छ । माग पत्रमा भनिएको गाडि गुड्नुपर्ने सडकमा पैदल यात्रा गर्न समेत नसकेर नागरिकहरु निरास भएका भएको उल्लेख गरिएको छ । साथै तत्काल सडक सुचारु गराउनको लागी पनि माग गरिएको छ । छल्दि पनाहमा गाडि चल्न पक्की पुल हुँदा पनि यता यतै उताका उतै गाडि दुई सिफ्टमा चल्ने भएको कारण भाडा दोब्बर भएको र समय पनि दोब्बर लाग्ने गरेको हो । त्यसो त क्षेत्र नम्बर १ का अधिकांश गाविसमा  रहेका मोटरबाटोको अवस्था पनि त्यस्तै रहेको छ ।
दशैँ आउन थाल्यो की सडक डिभिजन कार्यालय र जिविसबाट धमाधम रकम निकाल्ने र अन्धाधुन्द बाटो सोर्ने परम्परा अन्त्य गरि साउन भदौ बाटै मेहेनतले बाटो साहोर्नु पर्नेमा उपभोक्ताहरुका माग छ । २४सैघण्टा सडक सुचारु गराउन भन्दै जिल्ला विकास समितिले गत बर्ष दखि ४० जना भन्दा वढीलाई लेन्थ वर्करको जागिर दिएको भएपनि त्यसको प्रभाव पर्न नसकेको गुनासो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग