Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सरका बिरामीको उपचार गर्न रकम अभाव, सहयोगको अपिल

Published on 2:36:00 PM //

अनिल खत्री
गुल्मी, असार १९ । गत वर्ष देखि ब्लड क्यान्सर भएर उपचार गराइ रहेका गुल्मी हस्तिचौर का १४ वर्षिय रमेश घिमिरेको थप उपचारको लागी सहयोग रकम अभाबका कारण उनको समस्या भएको छ । ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका घिमिरे यति बेला रकम अभावका कारण उनी आफ्नै घरमा बस्न बाध्य भएका छन ।
घिमिरेको उपचारमा आफन्तजनले गरेको सहयोग रकम र घर परिवार आफुसंग भएको सबै रकम खर्च गरेर उनको स्वाथ्यमा पछिल्लो जानकारी आनुशार धेरै सुधार आएको उनका बुवा रामलाल घिमिरेले बताउनु भयो ।

गहभरि आँसु लिँदै ब्लड क्यान्सर पिडित रमेशका बुवाले भन्नु भयो के गर्ने रोगले सानो ठुलो, धनि गरिव भन्दो रहेनछ उपचार त गर्नु पर्यो आफु संग भएको रकम सबै सकियो तर थप उचार गर्नु छ तर आफु संग रकम छैन ।
डाक्टरी रिपोट अनुसार छोराको स्वाथ्य अहिले धेरै सुधार छ तर अझै धेरै खर्च लाग्ने भएकोले अहिले बाध्य भएर घरमा ल्याउनु परेको गुनासो गर्नुभयो । अहिले उनको उपचार गर्न ठुलो रकम लाग्ने भएकाले आफु संग त्यो रकम नहुदा उपचार गर्न आबश्यक सहयोग का लागी स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण आफन्त जन तथा आम नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाइ उनका बुवा राम बहादुर घिमिरेले अनुरोध गर्नु भएको  छ ।
सहयोगको लागी काठमाडौमा रहेको राष्ट्रिय बाणिज्य बैँक महाराजगञ्ज शाखामा रहेको बचत खाता नं.  ३५२४७ मा सहयोग रकम जम्मा गरिदिनु वा ९८४७३५९५२९ मा सम्पर्क गर्नुहुन समेत अनुरोधगर्नु भएको छ ।
ब्लड क्यान्सर भइ उपचार गराइ रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिीचौर गाबिस वार्ड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन । बिरामी भएकै कारण घिमिरेले  गत बर्ष संञ्चालित एसएलसी परिक्षामा सहभागि हुन सकेनन्् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग