Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङमा 'रेसुङ्गा साँझ २' सम्पन्न (भिडियो र फोटो फिचर)

Published on 3:34:00 PM //

मुक काजी (काजी) गुरुङ, हङकङ - ३० जुन २०१३ का दिन गुल्मी समाज हङकङले युनस्थित थिएटर हलमा "रेसुङ्गा साँझ-दोस्रो भब्यताका साथ सम्पन्न गरेको छ।

गुल्मी समाज हङकङका वर्तमान अध्यक्ष नेत्र पहराईको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई महासचिव श्रीष थल बहादुरले सञ्चालन गरेका थिए।

स्वागत मन्तब्य अन्तर्गत अध्यक्ष पहराईले रेसुङ्गा सांझ दोस्रोलाई सफल पार्न आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण प्रायोजकदाताहरुलाई धन्यवाद ब्यक्त गरे भने रेसुङ्गा सांझ- दोस्रो आयोजना गर्नुको मुख्य कारण उक्त कार्यक्रमबाट आएको शत प्रतिशत रकम गुल्मी जिल्लाको केहि जेहेन्दार बिधार्थीहरुको उच्च शिक्षा हासिल गर्नको लागि सदुपयोग गरिने बताए। यसैगरि अन्य क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण गुल्मीबासी,गैर गुल्मी जिल्लाबासी लगयात निकट सहपाठीहरुलाई पनि धन्यबाद ब्यक्त गरे।

स्वागत मन्तब्य पछि भने साङ्गीतिक कार्यक्रमको थालनी गरिएको थियो। नेपालबाट आमन्त्रित कानूनविद तथा लोकगायक गणेश राशकोटी र डाक्टर आशा रानाले संयुक्त रुपमा कार्यक्रमलाई सञ्चालन गर्दै पहिलो चरणमा गणेश राशकोटीले लोक गीत गाएर रेसुङ्गा सांझ-दोस्रो साङ्गीतिक कार्यक्रमलाई गीत सङ्गीतको
माहौलमा प्रवेश गराएका थिए। दोस्रो चरणमा सम्झना बुढाथोकीद्वारा नृत्य प्रस्तुत गरिएको थियो। यसै गरि लोक गायक कृष्ण गुरुङ र उदय पुनले आ-आफ्नो प्रस्तुतिहरु पस्के भने लोक गायिका टिका पुनले पनि आफ्नो प्रस्तुतिहरु पस्कंदै दर्शकहरुलाई समेत नचाए भने सङ्गीतकार नन्दु श्रीषले आठ मादलको लयमा मिठो सङ्गीतमय धुन प्रस्तुत गरे।

यसैगरि कान्तिपुर टेलिभिजनबाट प्रसारित टेलि चलचित्र हर्के हवल्दारका हांस्य कलाकार बिष्णु सापकोटाले केहि समय दर्शकहरुलाई हसाउन सफल रह्यो। पूर्वेली ठिटो तथा चर्चित उदयमान युवा गायक प्रनेश लिम्बुले पप, आधुनिक देखि लिएर पूर्वेली लोक गीत,पश्चिमेली सालै जो र कौडा गीत गाएर दर्शकहरुको अत्याधिक तालीले स्वयं गायक लिम्बु पश्चिमेली कौडा गीतमा गीत गाउंदै नाचे र दर्शकहरुलाई नचाउन पनि पछि परेनन भने लोक गायक बिरही कार्कीले छोटोमिठा लोक गीतहरु गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए।

लगत्तै सप्तरङ्गी कला केन्द्र हङकङको समूहले अत्यन्तै सु-मधुर सङ्गीतमय धुन प्रस्तुत गरे। साथसाथै हर्के हवल्दारको क्षणिक जादुले दर्शकहरुलाई अचम्भित तुल्याएका थिए। अन्तमा लोकगायक उदय पुन, बिरही कार्की र टिका पुन साथमा स्थानीय लोक दोहोरी गायिका मञ्जु थापाले संयुक्त रुपमा दोहोरी गाएर दर्शकहरुलाई नचाएका थिए।










(सम्पूर्ण फोटोहरु मनकाजी गुरुङले खिचेका हुन ।)
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग