Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सञ्चाति युवा स्वरोजगार कार्यक्रम कस्तो छ त ? (अडियो कुराकानी)

Published on 3:53:00 AM //

प्रेम सुनार
साउन ६, गुल्मी । गणतान्त्र नेपालका  पहिलो जन निर्वाचित प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बाबुराम भट्टराईको पालमा घोषणा गरिएको युवा स्वरोजगार कार्यक्रम विपक्षी दलको विरोधका कारण लागु हुन सकेन । त्यसबाट बेरोजगार नेपालीहरु मछो-माछो भ्यागुतो भने झैँ भए ।
पछि बाबुराम भट्टराई नै प्रधान मन्त्री भए । त्यस बेला वर्षमान पुन अर्थ मन्त्री हुँदा युवा स्वरोजगार कार्यक्रम परिमार्जन गरियो र फेरी एक पटक वेरोजगार र गरिव नेपालीलाई आशा  देखाउने काम सुरु भयो  । ७५ वटै जिल्लामा शहकारी संस्था मार्फत सुरु गरिएको युवा तथा साना ब्यवसायी स्वरोजगार कार्यक्रम गुल्मी जिल्लामा पनि सञ्चालन गरिदै आएको छ । करौडौ रुपैयाँ विनियोजित भयो भनिए पनि किस्ता किस्तामा आउने हुँदा रकम कनिका छराई हुने र लक्षित वर्ग खासै स्वरोजगार बन्न नसक्ने देखिएको छ ।
अर्को कुरा शहकारी संस्थाहरु कुनै न कुनै दलका मानिसहरु मिलेर खोलेकोले पनि सर्व साधरणले स्वरोजगार बन्ने अवसर नपाउने हुन कि भन्ने चिन्ता बढेको छ । अतः गत वर्षेदेखि गुल्मीमा सञ्चालित यो कार्यक्रम कहाँ कहाँ के कति रकमबाट सञ्चालित छ र कति जना रोजगार बन्दै  छन् त भनेर युवा तथा साना ब्यवसायी स्वरोजगार कार्यक्रम गुल्मीका स्वयम सेवक सचिव जिवन ज्ञवालीसंग सहकर्माी प्रेम सुनारले सोध्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग