Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानिय क्लवको सक्रियतामा काठे पुल मर्मत

Published on 4:08:00 AM //

कबिता घर्ति मगर
बाग्लुङ, १८ असार । बागलुङ जिल्लाको पाण्डवखानी गाउँ विकास समिती स्थित स्थानिय क्लवको सक्रियतामा काठेपुल मर्मत गरिएको छ । विगत लामो समय पहिले निर्माण गरिएको वडा नं ५ वाईगाउँ स्थित अधेँरीखोला घाटमा रहेको काठेपुल जिर्ण भई वर्षाको मौषमसंगै स्थानियलाई आवतजावतमा समस्या भएपछि जैलुङ युवा क्लवको भौतिक सहयोग तथा सक्रियतामा हिजो उक्त पुलको मर्मत सम्पन्न गरिएको हो । यसरी पुल जिर्ण बन्दा विषेश गरि पाण्वडखानी उच्च माध्यमिक विद्यालय आवतजावत गर्ने विद्यार्थीलाई बढि समस्या भएको थियो ।

पाण्डवखानी गाउँ विकास समितिका जनतालाई आवत जावत गर्ने मध्यको मुख्य स्थानमा रहेको उक्त पुल निर्माण भएको लामो समय भएपछि पुलमा भएका काठ कुहिएर भाँचिएकोले आवतजावतमा समस्या आएको स्थानीइले बताएकाछन् । यस्तो समस्या भएता पनि  कुनै सरोकारवाला निकायको ध्यान जान नसकेको उनीहरुले बताएकाछन् ।  विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण, प्रकाशन गर्दा समेत पुल मर्मतमा कसैले चासो नदिएको क्लवका संयोजक निर्मल छन्त्यालले बताउनुभयो ।

छन्त्यालका अनुसार हाल उक्त पुलमा बाँस ,काठको फल्याक प्रयोग गरि  करिव १५ मिटर लामो पुल निर्माण गरिएको छ साथै पुल मर्मत गर्दा लागेको ३ हजार आर्थिक रकम समेत क्लवले उपलब्ध गराएको थियो ।

सो स्थानको जिर्णपुलबाट आवतजावत गर्दा पाण्डवखानी, रिघा, सिसाखानी लगायतका आसपासका गाउँ विकास समितीका जनता समस्या परेको पाण्डवखानीबाट सहकर्मी सुरेस छन्त्यालले समाचार पठाउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग