Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक रेडियो परिवर्तन दोश्रो बर्षमा

Published on 6:25:00 AM //

कविता घर्तीमगर
बाग्लुङ, साउन २ । बागलुङ जिल्लाको बुर्तिबाङ स्थित सामुदायिक रेडियो परिवर्तन हिजो मंगलबारदेखी नियमित प्रसारणमा एक वर्ष पुरा गरि दुई बर्षमा प्रबेश गरेको छ । जनसञ्चार सहकारी संस्थाद्धारा सञ्चालित यस रेडियोले जिल्लाको पश्चिम बुर्तिबाङ लगाएत आसपासका क्षेत्रका जनतालाई सूचना, सन्देश र  मनोरञ्जनका माध्यमबाट सशुसुचित गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ ।

गत वर्ष जेठ ३० गतेबाट परीक्षण प्रशारण गरेको यस रेडियोले श्रावण १ गतेदेखि एफ.एम. ब्याण्डको ९१ मेगाहर्ज तथा इन्टरनेट अनलाईनमा www.radioparibartan.com.np मार्फत समाचारमुलक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । उक्त रेडियो बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरु लगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, अर्घाखाँची, म्याग्दी, नवलपरासी, रोल्पा लगायतमा पनि प्रत्यक्ष सुन्न सकिन्छ ।

ग्रामीण क्षेत्रका जनताको सुचनाको अधिकारलाई सुनिश्चित गर्नै उद्धेश्यले बुर्तिबाङमा जिल्लामै कान्छो एफ.एमको रुपमा स्थापित यस रेडियोले आफ्नो स्थापनाकालको छोटो समयमै विभिन्न सूचना र सन्देश सहित चेतनामुलक, कार्यक्रमहरु प्रशारण गरि स्रोताको मन जित्न सफल भएको र आगामी दिनमा यस्ता खालका समाचार तथा कार्यक्रमहरु प्रसारणलाई नियमितता दिने रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले बताउनुभएको छ ।

यसलाई थप परिमार्जित गर्नको लागी आज कार्यक्रम जनबाली मार्फत स्रोताका सुझाब सल्लाह र प्रतिक्रिया लिएको छ साथै स्रोताका प्रतिक्रिया बमोजिम नै रेडियोले आफ्नो यात्रा तय गर्ने निधो समेत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग