Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा ७ घाईते

Published on 3:35:00 AM //

पि.एम.मगर
गुल्मी, साउन २ । गुल्मीको अर्खले गाविसमा हिजो अपरान्ह जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था केही गम्भिर रहेको छ । हस्तिचौर गाविसवाट सदरमुकाम तमघासतर्फ आउँदै गरेको लु १ ज १९११ नं. को जीप अर्खले गाविस वार्ड नं. ६ जोगीथुम फुर्सीगौँडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी हस्तिचौर गाविस वार्ड नं. ६ की १७ वर्षीया रविना कुवँर, वडागाउँ गाविस ७ की २० वर्षीया तारा सुनार, सोही गाविस ६ की २१ वर्षीया सिर्जना कुवँर, पौँदी अमराई गाविस ७ का २० वर्षीय युवराज गिरी, वाग्लुङ्ग ग्वालीचौर २ निवासी १७ वर्षीय सुरेश जिसी, सोही ठाउँका २० वर्षीय नारायण काउछा र ४६ वर्षीय खिमानन्द घिमिरे घाईते हुनुभएको छ ।

घाईते मध्ये तारा सुनार र रविना कुवँरको अवस्था केही गम्भिर रहेको वताईएको छ । घाईते सवैको अहिले जिल्ला अस्पताल तमघासमा उपचार भईरहेको छ । उकालोमा वाटो चिप्लो भएका कारण गाडी चिप्लिएर सडकदेखि केही तल खसेको घाईतेहरुले वताएका छन् । गाडी चालक भने फरार रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग