Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेतीपातीमा बाँदर, दुम्सी र स्यालको रजाँई

Published on 8:32:00 AM //

गुल्मी टुडे
गुल्मी, १ साउन । कृषकहरुले लगाएको मकैमा जंगली जनावरले आक्रमण गर्न थालेपछि गुल्मीको मरभुङ लगायत त्यस आसपासका कृषकहरु मर्कामा परेका छन् । आफ्नो वारीमा लगाएको मकै वाली दुम्सी, वाँदर, स्याल लगायतका जंगली जनावरले खाईदिन लागेपछि उनीहरु चिन्तित भएका हुन ।
दिनभर वाँदर र रातपरेपछि दुम्सी तथा स्यालले मकै खाईदिन लागेपछि उनीहरु चिन्तामा परेका छन् । साथै लगातार पानी परेपछि वारीमा लगाएको कोदोको विउ समेत कुहेकोले उनीहरु थप मर्कामा परेका छन् । दोस्रो मुख्य वालीको रुपमा चिनिने कोदोको विउनै उम्रन नसकेपछि कृषक चिन्तामा परेको मर्भुङ्गका सागर गिरीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग