Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी र कुर्घामा विद्युत सेवा अवरुद्ध

Published on 6:33:00 AM //


पि.एम.मगर
गुल्मी, साउन ०६ । गत पाँच दिनदेखि अवरुद्ध वन्दै आएको गुल्मीको वामी तथा कुर्घा गाविसको सामुदायिक विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । आँपचौर गाविस वार्ड नं. ६ इन्द्रेगौँडा स्थित विद्युत हाईटेन्शन लाईनको पोल ढलेपछि सेवा अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण पहिरो खस्दा पोल ढलेको हो । अहिले त्यस स्थानमा विद्युत सञ्चालनका लागि मर्मत गर्ने कार्य भईरहेको वताईएको छ । विद्युत नहुँदा कुर्घा र वामी गाविसका उपभोक्ताहरु टेलिभिजन, मोवाईल, मोवाईल फोन जस्ता सञ्चारका साधनहरुवाट वञ्चित भएका छन् भने कुटानी पिसानी मिल नचल्दा उनीहरु थ्प मर्कामा परेका छन् । पोल, डिक्स र ट्रान्समिटर जस्ता उपकरणहरु सक्कली नभएको तथा दक्ष प्राविधिकको कमीले गर्दा पनि त्यस क्षेत्रमा वाराम्वार विद्युत अवरुद्ध हुने गरेको उपभोक्ताहरुको गुनासो छ । विद्युत पुगेका प्राय सवै गाविसका काठका विद्युतीय पोलहरु कुहिएको र जिर्ण हुँदै गएकाले पोलहरु ढलिरहेका छन् । यसले गर्दा सर्वसाधारणलाई समस्या हुनुका साथै ज्यानै जाने सम्मको खतरा वढेको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग