Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुधालु भैँसीको मुल्य आकाशियो

Published on 12:37:00 PM //

पि.एम.मगर
गुल्मी, साउन ०६ ।  गुल्मी जिल्ला दुग्ध क्षेत्रमा अगाडी देखिएता पनि पछिल्लो समयमा जिल्लाका अधिकांश क्षेत्रमा दुग्ध पदार्थको माग वढेपछि दुधालु भैँसीको मुल्य आकाशिएको छ ।
दुधालु भैँसीको मुल्य दुई वर्ष यता दोव्वरले वढेको छ । दुई वर्ष पहिले २५ देखि ३० हजार रुपैयाँमा पाईने स्थानीय जातको भैँसीको मुल्य यतिखेर ५० देखि ६० हजारसम्म पुगेको छ । गाउँमा दुधालु उन्नत जर्सी गाई पाल्ने चलन छैन । त्यसले गर्दा पनि भैँसीको मुल्यमा वृद्धि आएको हो । दूध दिन छाडेका भैँसी मासु प्रयोजनका लागि विक्री गर्ने चलन वढेकाले पनि भैँसी पाउन छोडेको स्थानीयहरुको भनाई छ । ह्वाङ्गदी गाविसका मेहेला महाविर भन्ने स्थानमा एक घर परिवारले २० देखि ३० वटासम्म दुहुना भैँसी पाल्ने गरेको वताउँदै हिजो आज एक भैँसी पाल्न समेत धौ धौ परेको स्थानीय वुढापाकाहरु वताउछन् । काम गर्ने जनशक्ति कोही रोजगारका लागि देश विदेश जाने गरेकाले पनि भैँसी पाल्ने चलन हटेको उनीहरुको भनाई छ ।
अहिले स्थानीय वजारमा घिउ प्रति किलो ६ सय रुपैँया र दूध प्रति लिटर ४५ रुपैयाँ पुगेको छ । भने अनुसारको रकम तिर्दा पनि दूग्ध पदार्थ पाउन नसकेको उपभोक्ताहरुको गुनासो छ । यस्तै अहिले पछिल्लो समयमा किसानहरु गाई भैँसी पाल्न छाडी वाख्रा पालनतर्फ आकर्षित बनेका छन् । वाख्रा पालनका लागि कम लगानी तथा कम परिश्रम लाग्ने भएका कारण पनि उनीहरु यसतर्फ आकर्षित वनेका हुन । कतिपय ठाउँहरुमा युवाहरु मिली सामुहिक व्यवसायीक वाख्रापालनतर्फ लागेका छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग