Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युजमा प्रकाशित समाचार प्रती जिल्ला शिक्षा कार्यालय यसो भन्छ

Published on 4:13:00 AM //

गत मंगलबार गुल्मीन्युज डट कममा प्रकाशित "शिक्षा कार्यालयमा कुर्सी खाली"भन्ने समाचारमा जिल्ला शिक्षा कार्यालय, गुल्मीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कान्तिपुर दैनिकमा समेत प्रकाशित उक्त समाचार प्रती आफ्नो ध्यानाकर्षण भएको भन्दै जिल्ला शिक्षा अधिकारी हरी अर्यालले गुल्मीन्युजलाई पठाउनुभएको पत्र जस्ताको तस्तै:
जिल्ला शिक्षा कार्यालय गुल्मीको अनुरोध

शिक्षा कार्यालयमा कुर्सी खाली, सेवाग्राही मर्कामा भन्ने समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । मिति २०७० असार ३१ गतेका दिन कार्यालयमा बिहान ७  बजेदेखि १०ः३० बजेसम्म   (८० हजार विद्यार्थीको) प्रवेश गराउने कार्यमा १ हप्तादेखि नै लागी परेका र सोहि दिन पनि म हरी अर्याल, लोकनाथ मरासिनी र विरेन्द्र कुँवरले बिहान काम गरी खाना खान गएका र ११ः४० मा उपस्थित भई सेवाग्राहीलाई सेवा प्रदान गरीरहेको कुरा अनुरोध छ  ।
साथै पाठ्यपुस्तकको रकम निकाशा गर्दा २०६९ माघ १८ देखि माघ ३० सम्म २१ जना श्रोत व्यक्तिद्धारा गरीएको विद्यार्थीको टाउको गनाईको आधारमा पहिला र ७० प्रतिशित र पछि ३० प्रतिशत निकाशा दिईएको छ । यदी ३० प्रतिशत निकाशाले नपुगेमा भर्ना रजिष्टरको फोटोकपी, श्रोतव्यक्तिबाट हाजिरी प्रमाणित, सरकारी दर अनुसारको बिलको फोटोकपी उपलब्ध गराएमा मात्र निकाशा छोडीएको छ ।
निकाशा छोड्दा पनि विद्यालय निरीक्षक विरेन्द्र कुँवर, लोकनाथ मरासिनी र हरी अर्यालले रुजु गरी लेखा शाखा र जि.शि.अ.बाट प्रमाणीत गरेपछि मात्र छोडीएको हो । निकाशा माग्न आउने शिक्षकहरु पनि २५ गते भन्दा पछि आएमा निकाशा नभएको व्यहोरा अनुरोध छ । साथै निकाशा माग गर्न एफएम मार्फत पनि सुचना गरिएको, तम्घास श्रृंगा, मजुवा, सिमलटारी र हसराका प्रअ बैठकहरुमा करीव ५ सय जना प्रअहरुलाई सूचना गरीएको व्यहोरा अनुरोध छ ।
जिल्लाका ६ सय ४२ विद्यालयहरु मध्ये केही विद्यालयहरुमा अनुगमनका क्रममा विद्यार्थी संख्या न्यून हुनु, केही विद्यालयहरुले बोर्डिङका कितावका विल पेश गर्नु जस्ता कारणले थोरै मात्र विद्यालयमा निकाशा कम भएको छ । साथै अहिले उक्त शिर्षकमा ९ लाख ३७ हजार फ्रिज भएको व्यहोरा पनि अनुरोध गर्दछौँ । साथै जिशिकाबाट हुने हरेक प्रकारका निकाशा सरोकारवालाहरुलाई जतिबेला पनि उपलब्ध गराइने व्यहोरा समेत अनुरोध छ ।

जिल्ला शिक्षा अधिकारी
जिल्ला शिक्षा कार्यालय, गुल्मी

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग