Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिमलटारी सडक अवरुद्ध भएपछि उपभोक्ता जिविसमा डेलिगेसन आए

Published on 7:30:00 AM //

प्रेम सुनार
साउन ११, गुल्मी । झण्डै तिन महिनादेखि गुल्मीको सिमलटारीमा यातयात सेवा अवरुद्ध हुँदा पनि जिल्ला विकास समिति कानमा तेल हालेर बसेपछि त्यस सडकका उपभोक्ता समितिका मानिसहरु जिल्ला विकास समितिमा डेलिगेशन आएका छन् ।
तम्घास चौरासी सिमलटारी पुर्कोट दह मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज भण्डारी, सदस्य गोविन्द देवकोटा उपभोक्ताहरुको तर्फबाट अनुगमन समिति संयोजक बेगम बहादुर चन्द लगायतको टोली डेलिगेशन आएको हो । सिमलटारी सम्म वस सेवा जान नसकेको बैशाख महिना देखि नै हो, जेठ देखि जिप पनि चल्न थाले अध्यक्ष ढुण्डीराज भण्डारीले भने करोडौ रुपैयाँको योजनामा मर्मत कार्य सुरु भएको दुई वर्ष वित्दा पनि बाटाको हविगत पहिला भन्दा पनि विग्रेको छ ।
यथासिघ्र अवरुद्ध सडक सुचारु गराउनका लागि जिल्ला विकास समितिको ध्यानाकृष्ट गराउन डेलिगेशन आउनुपरेको संयोजक चन्दले बताए । सिमलटारी सम्म यातयात अवरुद्ध हुँदा वाग्ला, सिसेर्नी, घमिर, हवाङ्दी, अर्खबाङ, पुर्कोट दह र छिमेकी जिल्ला प्युठान सम्मका हजारौँ जनता सास्ती भोग्नुका साथै महँगीको मारमा समेत पर्दै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग