२ सय बढि युवाहरु विदेश छोडेर गाउँमै बाख्रा पाल्दै
Published on
3:12:00 AM //
प्रेम सुनार
साउन ११, गुल्मी । सिर्सेनी ५ का पिताम्वर अर्याल अरवमा धेरै वर्ष बसेर फेरी जाने गरी फर्किएका थिए । घमिरका गिताराम पन्थी पनि विदेश गएर आएका थिए । जन मुक्ति सेना बटालियन सहयाक कमाण्डर नोख बहादुर पौड्याल (भरत) स्वच्छिक अवकासमा आएका थिए । ठिक त्यति नै बेला सरकारले युवा स्वरोजगार कार्यक्रम मार्फत वाख्रा पालन ब्यवसायका लागि १ करोड ८० लाख रुपैयाँ ऋण वितरण गर्दै थियो त्यस भेगका गाविसमा ।
फलतः विदेश जाने तैयारीमा रहेका युवाहरु त्यसै कार्यक्रमबाट ऋण लिएर वाख्रा पालन गर्न थाले । युवा स्वारोजगार कार्यक्रम मधुवन सहकारी संस्था सिमलटारी मार्फत वितरण गरिने उक्त ऋण लिन आउने युवा र महिलाहरुको ताँती लाग्न थाल्यो । सो सहकारीले पहिलो र दोश्रो चरणमा माग गरे जतिलाई ऋण पु¥याउनै सकेन । ५० हजार देखि २ लाख रुपैया सम्म कुल २ सय ३५ जनालाई वितरण गरियो । यो गत वर्षको कुरा थियो । अहिले त्यस सहकारीको कार्य क्षेत्र सिर्सेनी, मरभुङ्ग, घमिर, अमरपुर र वाग्ला गाविसका ति युवा तथा महिलाहरुको घर घरमा वाख्रा पालनको राम्रो प्रतिफल देख्न सकिन्छ ।
विदेश फेरी जाने र भर्खर जान लागेका करिव एक सय जना युवाहरु अहिले वाख्रा पालनबाट विदेशको कमाई भन्दा बढि आम्दानी लिने बनेका छन् भने आय श्रोत कम भएका महिलाहरु अहिले २५ वटा सम्म वाख्रा पालन गरेर वसेका छन् । त्यस कार्यक्रम अन्तर्गत अहिले ति पाँच गाविसमा करिव २ हजार वाख्रा पालन गरिएको सहकारी संस्थाका अध्यक्ष बेगमबहादुर चन्दले बताए ।
२०६८ पुस महिना देखि सुरु गरिएको वाख्रा पालन ब्यवसायबाट सिर्सेनीका डोरबहादुर जीसी, घमिरका गीताराम पन्थी, सीता लम्साल, भेस बहादुर विक, कृष्ण बहादुर जीसी, पिताम्बर अर्याल, पूर्ण बहादुर जीसी, लगायत एउटै गाविसबाट करिव ३० जना युवाहरु विदेश जान छाडेर वाख्रा पालनमा लागेका छन् । त्यस्तै वाग्लाका अति विपन्न सन्ते सार्की बर्षौ देखि गरेको भारतको मजदुरी छाडेर वाख्रा पालन ब्यवसायमा लागेका छन् ।
सोही गाविसकी जालपा पन्थी, गीता पौडेल, मिना जैसी, तारा केसी, दुर्गा बहादुर लम्साल, महेन्द्र कुमारी पौडेल, पनि त्यहि ब्यवसायबाट आत्मनिर्भर बनेका छन् । त्यस्तै एक समय खोलामा माछा मारेर जिविकोपार्जन गर्दै आएका अमरपुरका काले कुमाल, लेखे र तीखे कुमाल लगायतका १० घर भन्दा वढी त्यो समूदाय वाख्रा पालनबाट आत्मनिर्भरता तिर उन्मुख बनेका छन् ।
सदियौँ देखि भेँडा बाख्रा पकेट क्षेत्र मानिने ती ५ वटा गाविस पछिल्लो चरण बाख्रा पालन पेशा नै लोप हुन पुगेको थियो । सरकारले त्यसैलाई दृष्टिगत गरी युवा स्वरोजगार कार्यक्रम पारेको थियो । ३ करोड रुपैया त्यस मधुवन वचत तथा ऋण सहकारी संस्थालाई दिने घोषणा गरिएपनि हाल सम्म जम्मा १ करोड ८० लाख मात्रै आएको छ । त्यस रकमवाट कृषकहरुले ब्याज बापत राज्यलाई १८ लाख रुपैयाँ मुनाफा दिई सकेको अध्यक्ष चन्दले बताए । उनले साँवा समेत ४३ लाख रुपैयाँ बुझाई सकेको जानकारी दिए । सुरुका दिनहरुमा करिव २ सय वाख्रा मरेर कृषकहरुमा निराशा छाएको थियो चन्दले भने अहिले भने उत्साह थपिएको छ ।
जनमुक्ति सेनावाट आएका नोख बहादुर पौडेलको २५ वटा बाख्रा मरेका थिए । अहिले त्यो नोक्सानी वाख्रालेनै पूर्ति गरेको उनले बताए । केहि किसान मध्यम तहमै रहेपनि डेढ सय घरधुरी प्रत्यक्ष स्वरोजगार वनेको संस्थाको दावी छ । उत्पादित बाख्राको मासु स्थानिय तहमै खपत हुने गरेको छ । चन्दले भने ‘तम्घास प्युठान लगायतका स्थानबाट माग भएको भएपनि पु¥याउन सकिएको छैन । यस कार्यक्रमले त्यो गाउँलाई मासु जन्य वस्तुमा आत्मनिर्भर बनाउनुको साथै युवाहरु विदेश पलायन हुने समस्यामा समेत कमि ल्याएको पाईएको छ । यस्ता कार्यक्रमहरु अन्य गाविसमा पनि संचालन हुन सके सरकारको निती प्रभावकारी हुने सरोकारवालाहरुको विश्लेषण रहेका छ ।
साउन ११, गुल्मी । सिर्सेनी ५ का पिताम्वर अर्याल अरवमा धेरै वर्ष बसेर फेरी जाने गरी फर्किएका थिए । घमिरका गिताराम पन्थी पनि विदेश गएर आएका थिए । जन मुक्ति सेना बटालियन सहयाक कमाण्डर नोख बहादुर पौड्याल (भरत) स्वच्छिक अवकासमा आएका थिए । ठिक त्यति नै बेला सरकारले युवा स्वरोजगार कार्यक्रम मार्फत वाख्रा पालन ब्यवसायका लागि १ करोड ८० लाख रुपैयाँ ऋण वितरण गर्दै थियो त्यस भेगका गाविसमा ।
फलतः विदेश जाने तैयारीमा रहेका युवाहरु त्यसै कार्यक्रमबाट ऋण लिएर वाख्रा पालन गर्न थाले । युवा स्वारोजगार कार्यक्रम मधुवन सहकारी संस्था सिमलटारी मार्फत वितरण गरिने उक्त ऋण लिन आउने युवा र महिलाहरुको ताँती लाग्न थाल्यो । सो सहकारीले पहिलो र दोश्रो चरणमा माग गरे जतिलाई ऋण पु¥याउनै सकेन । ५० हजार देखि २ लाख रुपैया सम्म कुल २ सय ३५ जनालाई वितरण गरियो । यो गत वर्षको कुरा थियो । अहिले त्यस सहकारीको कार्य क्षेत्र सिर्सेनी, मरभुङ्ग, घमिर, अमरपुर र वाग्ला गाविसका ति युवा तथा महिलाहरुको घर घरमा वाख्रा पालनको राम्रो प्रतिफल देख्न सकिन्छ ।
विदेश फेरी जाने र भर्खर जान लागेका करिव एक सय जना युवाहरु अहिले वाख्रा पालनबाट विदेशको कमाई भन्दा बढि आम्दानी लिने बनेका छन् भने आय श्रोत कम भएका महिलाहरु अहिले २५ वटा सम्म वाख्रा पालन गरेर वसेका छन् । त्यस कार्यक्रम अन्तर्गत अहिले ति पाँच गाविसमा करिव २ हजार वाख्रा पालन गरिएको सहकारी संस्थाका अध्यक्ष बेगमबहादुर चन्दले बताए ।
२०६८ पुस महिना देखि सुरु गरिएको वाख्रा पालन ब्यवसायबाट सिर्सेनीका डोरबहादुर जीसी, घमिरका गीताराम पन्थी, सीता लम्साल, भेस बहादुर विक, कृष्ण बहादुर जीसी, पिताम्बर अर्याल, पूर्ण बहादुर जीसी, लगायत एउटै गाविसबाट करिव ३० जना युवाहरु विदेश जान छाडेर वाख्रा पालनमा लागेका छन् । त्यस्तै वाग्लाका अति विपन्न सन्ते सार्की बर्षौ देखि गरेको भारतको मजदुरी छाडेर वाख्रा पालन ब्यवसायमा लागेका छन् ।
सोही गाविसकी जालपा पन्थी, गीता पौडेल, मिना जैसी, तारा केसी, दुर्गा बहादुर लम्साल, महेन्द्र कुमारी पौडेल, पनि त्यहि ब्यवसायबाट आत्मनिर्भर बनेका छन् । त्यस्तै एक समय खोलामा माछा मारेर जिविकोपार्जन गर्दै आएका अमरपुरका काले कुमाल, लेखे र तीखे कुमाल लगायतका १० घर भन्दा वढी त्यो समूदाय वाख्रा पालनबाट आत्मनिर्भरता तिर उन्मुख बनेका छन् ।
तस्विर कुनै समय युद्धमा बन्दुक खेलाउने जनमुक्ति सेनाका सहयाक कमाण्डर नोखबहादुर पौडयाल (भरत) का हात यतीबेला बाख्रापालनमा पौरख गर्दै । |