Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलालाई नेतृत्वमा ल्याउन क्षमता विकास तालिम

Published on 5:16:00 PM //

गुल्मी, साउन ५ । सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ, गुल्मीको आयोजनामा प्राकृतिक सेत व्यबस्थापन तथा जैजिक विविधता संरक्षणका लागि महिला तेतृत्व र क्षमताविकास तालिम शनिवार तम्घासमा सम्पन्न भयो ।
महासंघका अध्यक्षा राम मल्ल ठकुरीको अध्यक्षता र सहायक बन अधिकृत कर्णबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष सीता भुसाल र मानवअधिकारकर्मी नरेश भण्डारीले महिला नेतृत्व र क्षमता विकास विषयमा सहजिकरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको सञ्चालन महासंघका महासचिव देवी कुँवरले गर्नु भएको थियो । हरियो बन कार्यक्रम अन्तर्गत सञ्चालन भएको नेतृत्व विकास तालिमका सहभागि पवित्रा खानलले समुदाय र सामुदायिक बनको नेतृत्वमाम महिलालाई थापित गराउन फलदायी भएको घारणा राख्नुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग