Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाँस काट्ने क्रममा रुखवाट लडेर एकको मृत्यु

Published on 8:35:00 PM //

जनार्दन घिमिरे
गुल्मी, साउन ०५ । गुल्मीको घमिर गाविसमा घाँस काट्ने क्रममा रुखवाट लडेर एक व्याक्तिको मृत्यु भएको छ । घमिर गाविस वार्ड नं. ९ स्थित ७० वर्षीय रितमान अर्यालको शनिवार विहान करिव साढे सात वजे तिर पैँयुको घाँस काट्ने क्रममा टेकेको हाँगा भाँचिदा लडेर मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेको वखत पनि घाँस काट्न रुखमा चढेका वखत एक्कासी हाँगा भाँचिदा अर्याल जमिनमा खस्नुभएको थियो । मृतकको टाउकोमा गम्भिर चोट लागेका कारण धेरै रगत वगेपछि मृत्यु भएको स्थानीयवासीले वताएका छन् । मृतक अर्याल घरदेखि करिव १ किलोमिटर टाढाको वारीमा घाँस काट्न एक्लै जानुभएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग