Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दश वर्षिया बालिकाद्वारा झुण्डिएर आत्महत्या ?

Published on 2:52:00 PM //

गुल्मी, २०७० असार २३ । आफनो मामाको घर गुल्मी शान्तिपुर बसेर सोहि ठाउँको एक बोर्डिङमा पढ्दै आएकी दश वर्षिया बालिका प्राप्ती बीसीले घर नजिकैको गोठमा झुण्डिएर शनिवार आत्महत्या गरेकी छिन् । उनले गोठमा नाम्लोको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्राप्ती बीसी अर्घाखाँची सिमलपानीबाट शान्तिपुर मामा घर आएर स्थानीय चक्रेश्वर इङ्गलिस बोर्डिङ स्कुलमा तीन कक्षामा पढिरहेकी थिईन् । जसरी भएपनि मलाई भेट्न आउनु भनी बुटवलबाट आमालाई बोलाएकी प्राप्तीले आमा आएको तेश्रो दिन उनी झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय भएको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले भने प्राप्तीले आत्महत्या गरेको नभै कसैले हत्या गरी गोठमा झुण्डाएको आशंका गरेका छन् ।
प्राप्तीले शुक्रवार विद्यालयबाट र्फकनासाथ घरको पिंढीमा झोला राखेर गोठमा झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । साँझ खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतक बालिको शव पोष्टमार्टमका लागि तम्घास पठाईएको प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग