Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मर्भुङको हाट वजार बन्द

Published on 2:49:00 PM //

संगिता कुवँर
गुल्मी, असार २३ । ब्यापारीहरुको मनपरिको कारण गुल्मीको मर्भुङमा संचालन भएको हाट वजार बन्द भएको छ ।
हरेक हप्ताको शनिवार गाविसको वडा नम्बर १ योगिकुटिमा संचालन हुँदै आएको हाटवजार ब्यापारीहरुले साविकको भन्दा धेरै मूल्यमा सामान बेच्ने गरेपछि बन्द भएको हो । स्थानीय नागरिकहरुलाई सहज र सुपथ मूल्यमा सामान विक्रि गर्ने भनेर हाट वजारको स्थापना भएको भएपनि ब्यापारीहरुले चर्को मूल्य असुल्दा उपभोक्ताहरु हाट वजारमा नगएको शिमलटारीबाट सहयोगी सागर गीरीले जानकारी दिनुभयो । विगत ४÷५ महिना देखि हाट वजार वन्द हुँदा हाट वजार संचालनको लागी निर्माण गरिएको भौतिक संरचना पनि जिर्ण बनेको छ ।
२०६२-६३ सालमा उत्पिडित समुदाय उत्थान केन्द्र गुल्मीले निर्माण गरेको २ वटा टिनले छाएको टहरा जिर्ण बनेपनि सरोकारवालाहरुले ध्यान दिन सकेका छैनन् । उपभोक्ताहरुले उक्त ठाउँमा संचालन भएको हाट वजारमा आफुहरुको पायक समेत नपरेको बताएका छन् । उनीहरुले हाट वजार संचालनको लागी अर्को विकल्प खोज्नुपर्ने र ब्यापारीहरुको ज्याजति वन्द हुनुपर्ने बताएका छन् । हाट वजार बन्द भएसंगै मरर्भुङ, सिर्सेनी, घमिर, वाग्ला लगायतका गाविसका स्थानीय नागरिकहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग