Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपडेट: मादी नदीमा बस खस्दा ११को मृत्यु, मृतकको सनाखत (भिडियो सहित)

Published on 6:57:00 PM //

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली नजिक मादी नदिमा हिजो भएको वस दुर्घटनामा मृत्यु हुने ११ जनामध्ये अहलेसम्म ९ जनाको सनाखत भएको छ । त्यस्तै घाइते हुनेको पनि नामावली प्राप्त भएको छ । करिब ४० यात्रु सवार बसमा अन्यको अवस्था हालसम्म पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।
तस्बिर सौजन्य: डम्बर अधिकारी

मृतक मध्ये सनाखत हुनेमा
महेश वस्ताकोटी (२८)– नवलपरसी
केशव प्रसाद ढकाल (३२)– चितवन
टिकामायाँ आले (४०) ब्यास नगरपालिका
मनु थापा (२२)– पोखरा
आयुष थापा (७) ब्यास ११
हेमराज श्रेष्ठ (२१)– खोटाङ
लक्ष्मी नारायण श्रेष्ठ (५०)– खोटाङ
किरण श्रेष्ठ– नेपाल प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत
होम बहादुर सोमाई तामाङ (२३)– घाँसिकुवा ९

दुर्घटनामा परि गम्भीर घाइते भएका १० जना मध्ये  ८ जनाको पोखरास्थित मणिपाल  शिक्षण अस्पतालमा र  अन्य २  घाईतेको  दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा परी घाइते हुनेहरुमा
विष्णु थापा– व्यास ११
पदम वि.क–नवलपरासी
बसन्त थापा– बस चालक तनहुँ आँबु–५
सुमन श्रेष्ठ– थर्पु ४
पवित्रा सापकोटा– भानु ५
सुरेश श्रेष्ठ–स्याङ्जा सेखाम ६
केश बहादुर थापा– थर्पु
गंगाराम श्रेष्ठ–खोटाङ
रञ्जना श्रेष्ठ–खोटाङ
स्मृति ढकाल–चितवन

बसमा करिब ४० जना यात्रु रहेको प्रहरी अनुमान गरेको छ । अरु यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।
घटना लगतै दुर्घटना स्थल आडैको केबलजंग गुल्मका सेना, नेपाल प्रहरी, मनकामना सशस्त्र प्रहरीका प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। बसको तिन भाग मध्ये दुई भाग नदीमा डुबेका कारण उद्धारकर्मीलाई उद्धार कार्यमा कठिनाई भएको थियो। पुलको पिलर कमजोर भएकाले पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. १ दमौलीले नदीलाई डाइर्भसन गरेकै भागमा बस खसेको थियो। -सेतोपाटी

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग