Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भुस्याहा कुकुरको आतंक, दर्जन बढीलाई टोक्यो

Published on 5:57:00 PM //

अनिल खत्री
गुल्मी, साउन ३ । गुल्मीको सदरमुकाम तम्घास लगायत आसपासका गाविसमा आजभोलि भुस्याहा कुकुरको विगविगि वढेको छ । कुकुरको टोकाईवाट करिव दुई हप्ताको अवधिमा एक दर्जन वढी मानिसहरु घाईते भएका छन् । आज विहान पनि कुकुरको टोकाईवाट दुई जना व्याक्ती घाईते भएका छन् । विहानै कुकुरले टोक्दा तम्घास ७ उपल्लो तम्घासकि ४४ वर्षीया कमला पन्थि र तम्घास २ वाख्रेछेडाका २७ वर्षका ओमप्रकाश विक घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यता बिहिवार दिउँसो नै गुल्मीको अर्खलेमा पनि भुस्याहा कुकुरले टोक्दा ३ जना घाइते भएका छन । कुकुरको टोकाइबाट घाइते हुनेहरुमा अर्खले ६का वर्ष ११ का रोसन पन्थी सोहि ठाउँकै वर्ष ६८ की मसुरी भट्टराई र वर्ष १६ का अनिल नेपाली घाइते भएका छन । कुकुरको टोकाईवाट घाईते ४ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ भने गम्भिर घाईते भएकी कमलालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौ रिफर गरिएको तम्घास अस्पतालले जानकारी दिएको छ । ५ जनालाइ टोक्ने कुकुर मारेको समेत प्रहरीले जानकारी दिएका छन । अन्य कुकरमा पनि उक्त रोग फैलने हुँदा आफना कुकुरलाइ सुरक्षीत तरिकाले पाल्न र रेबिज बिरुद्धको सुइ लागउनहुन तम्घास गाविसले सम्पुर्णमा आवहान गरेको छ । स्थानियले अरुलाइ समेत टोक्ने भएकोले कुकुर मारिदिन अग्रह गरेका छन ।
स्मरण रहोस केहिदिन अगाडी गुल्मीमा भुस्याहा कुकुरको टोकाइबाट झन्डै १ दर्जन बढी घाइते भएका थिए । गुल्मीको सदरमुकाम तम्घासका बिभिन्न ठाँउ उपल्लो तम्घास, देउराली, खानिगाँउ लागयतका ठाँउमा ७ जना लाई र सिमीचौरमा १ जना र दुबिचौरमा २ जना लाई टोकेर घाइते बनाएको थियो । घाइते मध्ये ८ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भएको थियो भने २ जनाको जिल्ला अस्पताल तम्घासमा सम्भव नभए पछि  पाल्पामा पठाइएको थियो । स्थानियले दिएको जानकारी अनुसार १० जनालाइ घाइते बनाएको भुसिया कुकुर एउटै रहेको बताएका छन । सुरुमा दुबिचौरमा २ जनालाइ टोकेको र सिमीचौमा १ जनालाइ र सदरुकाम तम्घासमा ८ जनाइ टोकेको थियो । गत वर्ष पनि तम्घासमा भुसिया कुकुरको टोकेर दर्जनौ घाइते भएका थिए ।
भुस्याहा कुकुरको टोकाइबाट तम्घासमा आतंकनै मच्चिए पछि स्थानियवासी कुकुर मार्नको लागी माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई गुहार समेत गरेका थिए । स्थानिय वासीको मागलाइ मध्यनजर गरेर जिल्ला प्रसासन कार्यलय गुल्मी, जिल्ला पशुसेवा कार्यलय,तम्घास गाविस सहिततको टोलीले तम्घासका बिभिन्न ठाउबाट झन्डै ४ दर्जन जति भुस्याहा कुकुर मारेका थिए । यसवर्ष पनि कुकुरले तम्घासमा पटक पटक स्थानियवासीलाइ टोकेर घाइते बनाएको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग