Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचार अभावमा ओझेलमा पर्‍यो बहुरुपी शिला (अडियो कुराकानी)

Published on 10:50:00 AM //

प्रेम सुनार
साउन २, गुल्मी । गुल्मीको म्याल पोखरी गाविसमा एउटा अचम्भ लाग्दो बहुरुपी शिला प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । म्यालपोखरी गाविस वडा नम्वर ४ स्थित चुरुङ्गा ईद्र भन्ने स्थानमा रहेको ढुङ्गाको उक्त शिला मानिसले कुँदेर राखे झैँ बहुरुपी छ ।
उक्त  शिलाको पुर्व तर्फ हात्तिको पाईला छ । पुर्वमै दुई वटा नागको आकृति छ । उत्तर तर्फ धेरै गाईका पाईलाहरु छन् । प्रकृतिको अचम्म लाग्दो आकृति स्थानियवासीले देखेर पुजा गर्न लागेको धेरै वर्ष भयो तर प्रचार प्रसारको अभावमा त्यसको संरक्षण र  पर्यटन  विकास हुन नसकेको स्थानिय समाज सेवी टेकराज पोखरेलले बताउनु भयो । ‘प्रचार प्रसार हुन सके त्यो बहुरुपी मुर्ति हेर्न जानेहरुको भिड लाग्ने थियो’ उहाँले भन्नु भयो ‘सञ्चार माध्यमले प्रचार प्रसार गरिदिनु पर्यो ।’
त्यस प्राकृतिक मुर्ति भन्दा अलि माथी मालिकाको मन्दिर छ । त्यसो भएको हुनाले पनि उक्त प्राकृतिक मुर्ति कुनै धार्मिक कथासंग जोडिएको हुन सक्ने बताईएको छ । त्यस मुर्तिको आकृतिबारे उनै स्थानिय समाज सेवी टेकराज पोखरेलसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गरेको छोटो कुराकानी सुनौँ: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग