Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बिकास बैङक ग्लोबल आइएमई बैङक लिमिटेडसंग मर्ज

Published on 2:22:00 PM //

संगिता कुवँर
गुल्मी, असार ३० । गुल्मी बिकास बैङक ग्लोबल आइएमई बैङक लिमिटेड संग मर्ज भएको छ । २०६६ सालमा गुल्मीको सदरमुकाम तम्घासमा स्थापना भई सदरमुकाम सहित जिल्लाका ग्रामिण क्षेत्रमा बित्तिय कारोबार गर्दै आएको गुल्मी बिकास बैङक आज क बर्गको बैंक ग्लोबलसँग मर्ज भएको हो ।

यस अघि आइएमई र ग्लोबल मात्र रहेको बैङक आजबाट सोसियल डेभ्लोभमेन्ट बैङक र गुल्मी बिकास बैङक संग मर्जभई कारोबार सुरु गरेको हो । ७ बर्ष अघि स्थापना भएको ग्लोबल बैंकले अन्तराष्ट्रिय स्तरको बैङकिङ सुबिधा उपलब्ध गराउँदै छोटो समयमै लोकप्रिय बनेको छ । बैङकको पुँजी २ अर्ब ४२ करोड रहेको छ ।

तम्घासमा आयोजित एकिकृत कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कमल प्रसाद ढकालले राष्ट्रियस्तरको सञ्जाल सगं गुल्मी बिकास बैङले सहयात्रा गर्न पाएको र आगामि दिनमा चुनौती पनि रहेकोले कृषिको क्षेत्रमा लगानी गरी जिल्लाको अर्थिक बिकासमा टेवा पु¥याउन समेत अनुरोध गर्नुभयो । साथै कार्यक्रमका बिषेश अतिथि पुर्व सांसद कमल राज श्रेष्ठले बैङकहरु आफु मात्र मोटाउन तर्फ भन्दा ग्राहकलाई पनि उत्पादन तर्फ आकर्षित गरी देशको आर्थिक क्षेत्रमा लगानी गर्न सुझाब दिनुभयो ।

साथै गुल्मी जिल्ला कृषिको क्षेत्रमा प्रशस्त सभ्भावना भएको जिल्ला भएपनि पछिल्लो क्रममा बाहिरबाट खाध्यान बढि आउने र गुल्मीको केहि पनि बाहिर पठाउन नसकिरहेकोले बिषेश गरी ति ग्रामिण क्षेत्रका ग्राहकलाई सेवा तथा क्रण उपलब्ध गराउनु पर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका ग्लोबल आइएमई बैङकका नायक प्रमुख कार्यकारी अधिकृत जनक प्रसाद शर्माले शाखा  देशको क बर्गको बैङक ग्लोबल बैङकले शाखा रहित सेवा मार्फत प्रभावकारी सेवा प्रदान गर्नको लागी गुल्मीमा पनि ग्रामिण क्षैत्रमा आर्थिक उत्पादनको क्षेत्रमा लगानी गरीने र ग्राहकको सुरक्षा सेवा सुबिधा र उत्पादनशिलताका लागी काम गरी सबैका लागी बैंक भन्ने नारालाई सार्थक बनाउने बताउनुभयो । साथै ग्लोबल बैङक मार्फत एसएमएस बैङकिङ अनलाईन इन्टरनेट एंब मोबाइलफोन मार्फत पनि ग्राहकले आर्थिक कारोबार सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने  पौडेलले बताउनुभयो । अहिले सम्म ७० बटा शाखा बिस्तार गरीसकको बैङले राज्यले गर्ने सुबिधा एंब आर्थिक उत्पादनमा ग्लोबल बैङले गरेको समेत दाबि गर्नुभयो ।

सबैका लागी बैंक भन्ने मुख्य नारा सहित ७ बर्ष अगाडी स्थापना भएको ग्लोबल बैङकले १३ अञ्चलमा आफनो सेवा बिस्तार गरीसकेको र अहिले सम्म ४ बटा बैङक संग मर्जभएको बैङकका केन्द्रीय कार्यालयका प्रमुख जनक शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

शभारभ्भ कार्यक्रममा शाइन रेसुङगा बिकास बैङकका सञ्चालनक राजेन्द्र प्रसाद श्रेष्ठ, मर्ज समितीका सदस्य राम प्रसाद पन्थी, पत्रकार महासंघका अध्यक्ष घनश्यम गौतम, उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, राजनीतिक पार्टिको तर्फबाट नेपाली काँग्रेसका शुरेशचन्द्र भुसाल लगाएतले मन्त्व्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम ग्लोबल आइएमई बैङकका नायक प्रमुख कार्यकारी अधिकृत जनक प्रसाद शर्माको अध्यक्षता, बित्त अधिकृत मनोहर ज्ञवालीको अध्यक्षता एबम यज्ञ प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंक सञ्चालन कार्यालयका प्रमुख एबम प्रतिनिधि ग्राहक एबम जिल्लामा कृयाशिल पत्रकारको उपस्थीति रहेको थियो ।

गुल्मी जिल्लामा पनि गुल्मी बिकास बैङक संग मर्ज हुन पाएकोमा खुशी ब्यक्त गर्दै सम्पुर्ण गुल्मेलीलाई आर्थिक सम्बृद्दी एंब अन्तराष्ट्रिय स्तरको सेबा र सुबिधाको लागी ग्लोबलसंग सहयात्रा गर्न बैङकले सबैमा अुनरोध समेत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग