Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१७ बर्षिया किशोरी एक हप्तादेखी बेपत्ता

Published on 10:36:00 AM //

गुल्मी, साउन २ । गुल्मीको भुर्तुङ २ झिर्वासकी १७ वर्षिय काजल क्षेत्री एक हप्तादेखि रहस्यमय तरिकाले वेपत्ता हुनुभएको छ ।
अघिल्लो मंगलबार दिउँसोसम्म घरमा रहेकी काजल त्यसपछि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा खुमबहादुर क्षेत्रीले बताउनुभयो ।
आफन्त र नातेदार सबै ठाउँ खोजी गरेपनि अहिलेसम्म काजलको अवस्था पत्ता लाग्न नसकेको उहाँले गुनासो गर्नुभयो । काजलको अवस्था पत्ता लगाइदिन बाबु खुमबहादुरले स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ । -उज्यालो नेटवर्कबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग