Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: मोबाईल फोनबाट बसेको प्रेमले निम्त्याएको दु:खद परिणाम

Published on 1:54:00 PM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यसपालिको ओझेलको खबरमा मोबाईल फोनबाट बसेको प्रेमको परिणती सम्बन्धी बिशेष खोजमुलक रिपोर्ट प्रस्तुत गर्नेछौँ । कहाँ न कहाँको चिन्दै नचिनेको मान्छेसँग मोबाइल संपर्क मार्फत प्रेम गरेर पहिलो भेटमै सर्वश्व सुम्पिने गुल्मीकी एक युवतीले भोग्नुपरेको पिडा तपाईंहरुलाई उनकै आवाजमा सुनाउनेछौँ । त्यसैगरी गुल्मीको सडक कालोपत्रे गर्ने कार्यमा भएको अनियमितता सम्बन्धी बिशेष रिपोर्ट पनि प्रस्तुत हुनेछ, सुनौँ यसपालिको अङ्क: 

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग