Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्कृष्ट महिला स्वथ्य स्वयंसेबिकाहरु सम्मानित

Published on 4:13:00 AM //

अनिल खत्री
गुल्मी, असार १८ । जिल्ला भरमा उत्कृष्ट महिला स्वथ्य स्वंयसेबिका सम्मान तथा पुरस्कार बितरण कार्याक्रम सम्पन्न भएको छ । जिल्ला स्वाथ्य कार्यालय गुल्मीले हरेक वर्ष गर्दै आएको सम्मान कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिँदै एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट स्वंयसेवीकाहरुलाई पुरस्कार बितरण गरेको छ ।
यसबर्ष जिल्लाभरबाट उत्कृष्ट महिला स्वथ्य स्वयंसेबिकाको रुपमा पुरस्कृत हुनेहरुमा सिर्सेनी ७ की जमुना जि.सी., दर्लिङ् ७ की लिला श्रीस, बिरवास १ की तुलसा ढेँगा र बिरवास १ की राधिका राना रहनु भएको छ । जिल्लाभरबाट उनिहरुले गरेको कामको आधारमा प्रत्येक वर्ष जिल्ला स्वाथ्य कार्यालयले सम्मान गर्दै आएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग