Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षाका कारण ग्रामिण कच्ची सडकहरु अवरुद्ध

Published on 5:21:00 AM //

पि.एम.मगर
गुल्मी, असार १७ गते । केही दिनदेखिको लगातार वर्षातका कारण गुल्मीका विभिन्न ग्रामिण क्षेत्रका अधिकाँश कच्ची सडकहरु विग्रिएका छन् । पानीको भेलले सडक विगारेपछि सवारी साधन सञ्चालनमा कठिनाई हुनुका साथै यात्रुहरुलाई समस्या भएको छ ।
केही दिन यता दैनिकजसो परिरहेको वर्षातले मोटरवाटो खोलेपछि वस तथा जीपहरु सञ्चालनमा आउन निक्कै समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ । वर्षाले वाटो विग्रिदै जान थालेपछि त्यस्ता वाटोमा जवरजस्ती गाडी गुडाउँदा दुर्घटना हुन सक्ने भन्दै सम्पुर्ण चालकहरुलाई होसियारी भएर सवारी चलाउन प्रहरीले आग्रह समेत गरेको छ ।  यता गएको एक हप्तादेखि अवरुद्ध वनेको अवरुद्ध बनेको रिडी रुद्रवेणी वामी सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
सडक खण्ड अन्तर्गतका विभिन्न क्षेत्रमा विचविचमा पहिरो खसेपछि अवरुद्ध वनेको मोटरवाटो खुलाउनतर्फ संवन्धित संस्था जिल्ला विकास समिति र मोटरवाटो उपभोक्ता समितिले कुनै चासो नदेखाएको स्थानीयको आरोप रहेको छ । सडक अवरुद्ध भएपछि गुल्मीको रुद्रवेणी, जोहाङ्ग, हँसरा, खैरेनी, भार्से, ग्वाघा, फोक्सिङ्ग, शान्तिपुर, तुराङ्ग मजुवा, कुर्घा, वामीटक्सार लगायत छिमेकी वाग्लुङ्ग जिल्लाका समेत विभिन्न गाविसका जनता प्रत्यक्ष प्रभावित वनेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई मात्र नभई ती क्षेत्रहरुमा दैनिक उपभोग्य वस्तुहरुको आपुर्तिमा समेत समस्या उत्पन्न भएको स्थानीयले वताएका छन् ।
लगातार परिरहेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरोहरु गएपछि रिडी खर्ज्ज्याङ बलकोट मोटरवाटो पनि अवरुद्ध वनेको छ । दिनभर अवरुद्ध वनेको वाटो साँझ पख मानिसहरुले पहिरोहरु सामान्य रुपमा हटाउँदा केही साना सवारी साधनहरु खर्ज्याङ गाविसको मनभागसम्म आएपनि गैरीखुट्टा भन्दा केही तल डोजर प्रयोग गरी वाटो निर्माण कार्य भईरहेकोले डोजरले फालेको हिलो माटोमा सवारी साधनहरु गुड्न नसकेपछि वस ट्रक लगायतका सवारी साधनहरु मनभाग वजारमा रोकिएका छन् । आर्थिक वर्ष सकिन लाग्दा वर्षाका समयमा डोजर प्रयोग गरी वाटो निर्माण गर्न शुरु गर्नु र पानी परेको समयमा सो सडकमा सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु समस्यामा परेका छन् । मनभाग वजारमा रहेका वसहरु रिडीतर्फ जान नसकेपछि हिजो पनि मानिसहरु पैदल हिड्न वाध्य भएका थिए ।
यातायातका साधनहरु नचल्दा विशेष गरी विरामीहरुलाई वोकेर उपचारका लागि लैजान स्थानीहरु वाध्य वनेका छन् । वाटो अवरुद्ध वन्दा गुल्मीको खर्ज्ज्याङ, दौँघा, अमरअर्वाथोक र अर्घाखाँचीको चिदिका, वलकोट, केरुङ्गा लगायतका स्थानीय वासिन्दाहरु मर्कामा परेका छन्। त्यस्तै सदरमुकाम तमघासदेखि सेउघा, सिमाहघाट, पुर्कोटदह जोड्ने मोटरवाटोको विचविचमा पनि पहिरोहरु खस्दा यातायात आँशिकरुपमा सञ्चालन आएको छ । यसले गर्दा त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न निक्कै समस्या भएको छ । विचविचमा ससाना पहिरोहरु खस्ने, खोलाहरु वढ्ने जस्ता कारणले निर्वाधरुपमा यातायातका साधनहरु सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ ।
वरवोटसम्म आंशिक रुपमा सवारी साधनहरु चलेपनि त्यस उता रहेका पुर्कोटदह, अग्लुङ्गफेँदी लगायतका स्थानका जनता पैदल यात्रा गर्न वाध्य भएको छन् । त्यसैगरी दैनिक उपभोग्य सामाग्रीहरुको आपुर्तिमा समस्या हुँदा व्यापारीहरुले महङ्गो मुल्यमा सामानहरु विक्री गरिरहेको स्थानीयको भनाई छ । त्यस्तै अर्खले गाविस वार्ड नं. ८ स्थित गोठ थाक्ने भन्ने स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । सोही सडकको अन्य स्थानमा पनि ससाना पहिरोहरु खसेका कारण यातायात अवरुद्ध भएको वताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग