Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारवर्ष देखिको गाउँमा विजुली वत्ती वाल्ने आशा अझै पुरा भएन

Published on 6:45:00 PM //

सीता भण्डारी,
गुल्मी, २१ असार । विगत चारवर्ष देखि गाउँमा विजुली वत्ती वाल्ने रहर संगालेका गुल्मी जुनिँया गाविसका जनता अहिले सम्म पनि टुकि र दियालो वाल्न वाध्य वनेका छन् । जुँनिया ग्रामिण सामुदायिक विधुतीकरण योजना अन्तर्गत चार वर्ष अघि सुरु भएको सो योजना ठेकेदार कम्पनिको लापर्वाहीका कारण अन्योलमा परेको छ ।
योजना सुरु भएता पनि अहिले सम्म पोल गाड्ने काम वाहेक अन्य कुनै पनि काम नहुँदा उपभोक्तामा विजुली वत्ति वाल्ने आशा निराशामा परिणत हुन थालेको हो । पोल गाड्ने कामको सुरु सँगै ऋण खोजेर घरमा वायरिङ्ग गरिसकेका उपभोक्ता निराश मात्र भएका छैन स्थानीय उपभोक्ता समितिसँग जवाफ माग्न समेत थालेको उपभोक्ता समित अध्यक्ष स्यामलाल थापाले वताउनुहुन्छ ।
ठेकेदारको लापर्वाहीले काम अगाडि वढ्न नसकेको र पटक पटक सामुदायिक विधुतीकरण केन्द्रिय महासंघमा जानकारी गराउदा पनि कुनै चासो नदिएको स्थानीय उपभोतmाले गुनासो गरेका छन् ।  साथै विधुतीकरणको कार्यमा कमजोरी गर्ने ब्याक्ती र निकायलाई सचेत वनाई विधुतीकरण योजनाको काम अगाडि वढाउन स्थानीयवासीले माग समेत गरेको सहकर्मि हेम त्यागीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग