Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विधुत सेवा सुचारु

Published on: //
सीता भण्डारी
गुल्मी, २१ असोज । विगत एक हप्तादेखि अवरुद्ध वनेको पचुवाखोला लघु जलविधुत परियोजन काँडेवास वाग्लुङ अन्तर्गत ३० किलोवाट विधुत सेवा सुचारु भएको छ । विधुत सेवाको प्रसारण लाइन र पावरहाउसमै मेसीनरी सामानमा समस्या देखिएपछि विधुत सेवा अवरुद्ध वनेको थियो ।
वुटवलवाट प्राविधिक ल्याई मर्मतपछि विधुत सेवा सुचारु भएको परियोजनाका म्यानेजर तिलाराम कँडेलले वताउनुभयो । सेवा अवरुद्ध हुँदा सेवा क्षेत्रभित्रका २ सय २० घरधुरीका उपभोतम्ाहरु बिधुतीय सेवा लिनवाट पुर्णरुपमा वञ्चित भीएका थिए । विधुत सेवा सुचारुसँगै सोहि विधुत सेवावाट सञ्चालित काडेवास गाविसमा रहेको नेपाल टेलिकमको टावर समेत सञ्चालनमा आएको  । परियोजनाका सल्लाहकार भिमलाल कणेलले नेपालीहरुको महानचाड वडादशैंलाई मध्यनजर राखि आशिंक मर्मतपछि सेवा सुचारु गरिएको र पुर्णरुपमा मर्मत गर्न वाँकि रहेको समेत जानकारी दिनुभएको छ ।

वेचिन लागेका गुल्मीका दुई चेलीको उद्धार

Published on: // ,
सीता भण्डारी
गुल्मी, ३ भदौ । भारतको वैङ्लोरमा वेच्नका लागि लगिँदै गरेका गुल्मीका दुई चेलीको कपिलवस्तुवाट उद्धार गरिएको छ । गुल्मी सिर्सेनी गाविस छापका १८ र २५ वर्षीय दई युवती लाई भारतमा जागिर लगाईदिने निहुँमा वेच्नकालागि भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सुराकिको आधारमा चन्द्रौटावाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । सनही ९ कपिलवस्तुकी निर्मला परियार र सोही ठाउँकि सुककुमारी लामाले ती युवतिलाई वेच्ने मनसायले भारततर्फ लैजान लागेको थाहा पाएलगत्तै भारतीय सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय गुल्मीले खवर गरेपछि ईलाका प्रहरी कार्यालय चन्द्रौटाले उनिहरुलाई होटलवाट पक्राउ गरेको जिल्ल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले होटल सञ्चालक करविर शाहीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका महिलालाई अहिले ईलाका प्रहरी कार्यालय चन्द्रौटामा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पहिरोले सडक अवरुद्ध

Published on: //
सीता भण्डारी
गुल्मी, १७ साउन । गएराति परेको वर्षासँगै गुल्मीको तम्घास देखि हस्तीचौरको रातडाँडाँ जोड्ने मोटरवाटोमा पहिरो झरेपछि सडक अवरुद्ध वनेको छ । सडक अन्तर्गत हस्तीचौर ७ रातचौरमा सडक माथिवाट पहिरो झरेपछि सवारी आवागमनमा समस्या परेको छ । त्यस्तै पहिरोसँगै झरेका रुखहरुले विधुतको तारहरु चुँडाएपछि सो क्षेत्रको विधुत समेत अवरुद्ध वनेको स्थानीयवासीले वताएका छन् ।
सडकमा पहिरो झरेपछि गाडिहरु सडकमै रोकिएका छन् भने केहि यात्रुहरु गाडि परिवर्तन गरी आवतजावत गरेको पनि वताईएको छ । सडकको पहिरो हटाउन अहिलेसम्म कुनै पहल नभएको स्थानीयवासी, गाडी व्यवसायी तथा यात्रुहरुको गुनासो छ ।

घर गोठ पहिरोले पुरियो, भैंसी, वाख्रा र कुखुरा पनि पहिरोमा परे

सीता भण्डारी,
गुल्मी ७ साउन । अविरल वर्षासँगै खसेको पहिराले गुल्मीको हस्तीचौरमा एक घर पुरिएको छ । हस्तीचौर गाविस वार्ड नं ८ पालुखा निवासी  करिव ८० वर्षीय वृद्धा गोमती विकको आज विहान घरमाथिवाट झरेको पहिरो घर पुरिएको हो ।
पहिरोले घर पुरिदाँ घरमा रहेको अन्न, लत्ता कपडाका साथै २ ओटा वाख्रा र कुखुरा समेत पुरिएका छन् । पानी परिरहेकोले पहिरो जाने डरले गोमति विहानै छिमेकिको घरमा निस्केकोले मानवीय क्षति हुनवाटभने जोगिएको छ । छोराहरु रोजगारिको सिलसीलामा भारतमा रहेका र वृद्ध गोमती घरमा एक्लै वस्ने गरेको स्थानीय मानवहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । ठुलो पहिरो खसेका कारण पुरिएका सामग्री निकाल्न समस्या परेको स्थानीयवासीले वताएका छन् ।
त्यस्तै लगातारको वर्षासँगै अर्घाखाँचीको खन गाविसमा पनि पहिरोले गोठ पुरिदिनुका साथै घरहरुसमेत जोखिममा परेका छन् । पहिरोले खन गविस १ निवासी जनार्दन खनालको गोठ पुरिँदा गोठमा रहेको भैंसी मरेको छ । दुईवटा भैसी पुरिएकोमा एउटा भैंसीलाई घाईते अवस्थामा निकालीएको स्थानीय तारा खनालले जानकारी दिनुभयो । त्यस्तै घर मुनिवाट पनि पहिरो खसेपछि घर समेत जोखिममा परेको छ । गोठ पुरिँदा करिव १ लाख ३० हजार बराबरको क्षति भएको वताईएको छ । त्यसैगरी घर मुनिवाट पहिरो गएपछि सोही ठाउँ निवासी सरस्वती खनालको पनि घर जोखिममा परेको छ । पहिरोले वार्ड नं ७ का कृष्ण सुनारको गोठ भत्किँदा करिव ८० हजार वरावरको क्षति भएको छ भने वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा त्यस क्षेत्रका सडक समेत अवरुद्ध वनेका छन् ।

रेसुंगामा एक महिने धार्मिक मेला शुरु

Published on: // ,
सीता भण्डारी
गुल्मी, ३१ असार– धार्मिक पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा आज मंगलवार देखि एक महिने धार्मिक मेला शुरु हुँदैछ । ऐतिहासिक तथा धार्मिक तपोभूमि रेसुंगा क्षेत्रमा रहेको पोखरीमा साउन महिनामा स्नान गरेमा सम्पूर्ण पापहरु नष्ट भई पुण्य लाभ प्राप्त हुने जन विश्वास रहेकाले साउन महिना भर पोखरीमा स्नान गर्ने र विभिन्न मठ मन्दिरमा पुगेर पुजा गर्ने परम्परा छ । त्यस्तै रेसुंगा पोखरीमा तिन धामहरुबाट ल्याएको पानी राखिने भएकाले यस पोखरीमा स्नान गरेपछि अन्य चार धाम पुग्नु नपर्ने जन विश्वास पनि छ । समुन्द्री सतह देखि २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा हरेक वर्ष साउन महिनाभर धार्मिक मेला लाग्ने गर्दछ ।
मेलामा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, रुपन्देही, बाग्लुङ्ग र भारतका विभिन्न स्थानहरुबाट धर्मालम्बीहरु साउन महिनाभर आउने रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले जनाएको छ । रेसुंगा क्षेत्रको विकासका लागि क्रियाशिल रेसुंगा संरक्षण समितिले पनि यस वर्ष रेसुंगा क्षेत्रमै विविध धार्मिक कार्यक्रमहरु आयोजना गरेको उपाध्यक्ष युवराज भण्डारीले बताए । त्यस्तै साउने औंशीमा भजन किर्तन सहित विविध कार्यक्रहरु पनि हुने गर्दछ । रेसुंगा पोखरीमा स्नान गर्न र यज्ञशालामा पुजाआजा गर्नका लागि मंगलवार देखि नै रेसुंगामा धर्मालम्बीहरुको भिड लाग्ने गर्दछ ।

चारवर्ष देखिको गाउँमा विजुली वत्ती वाल्ने आशा अझै पुरा भएन

Published on: // ,
सीता भण्डारी,
गुल्मी, २१ असार । विगत चारवर्ष देखि गाउँमा विजुली वत्ती वाल्ने रहर संगालेका गुल्मी जुनिँया गाविसका जनता अहिले सम्म पनि टुकि र दियालो वाल्न वाध्य वनेका छन् । जुँनिया ग्रामिण सामुदायिक विधुतीकरण योजना अन्तर्गत चार वर्ष अघि सुरु भएको सो योजना ठेकेदार कम्पनिको लापर्वाहीका कारण अन्योलमा परेको छ ।
योजना सुरु भएता पनि अहिले सम्म पोल गाड्ने काम वाहेक अन्य कुनै पनि काम नहुँदा उपभोक्तामा विजुली वत्ति वाल्ने आशा निराशामा परिणत हुन थालेको हो । पोल गाड्ने कामको सुरु सँगै ऋण खोजेर घरमा वायरिङ्ग गरिसकेका उपभोक्ता निराश मात्र भएका छैन स्थानीय उपभोक्ता समितिसँग जवाफ माग्न समेत थालेको उपभोक्ता समित अध्यक्ष स्यामलाल थापाले वताउनुहुन्छ ।
ठेकेदारको लापर्वाहीले काम अगाडि वढ्न नसकेको र पटक पटक सामुदायिक विधुतीकरण केन्द्रिय महासंघमा जानकारी गराउदा पनि कुनै चासो नदिएको स्थानीय उपभोतmाले गुनासो गरेका छन् ।  साथै विधुतीकरणको कार्यमा कमजोरी गर्ने ब्याक्ती र निकायलाई सचेत वनाई विधुतीकरण योजनाको काम अगाडि वढाउन स्थानीयवासीले माग समेत गरेको सहकर्मि हेम त्यागीले जानकारी दिनुभएको छ ।

सडकको काम गर्दागर्दै मृत्यु

Published on: // ,
सीता भण्डारी
गुल्मी, १८ असार । गुल्मीको गौँडाकोट गाविसमा सडकमा काम गर्दागर्दै एक जनाको मृत्यु भएको छ । गौँडाकोट गाविस ७ का ५२ बर्षिय शेर बहादुर महतरा रुन्खादह नजिकै सडकमा काम गदै गर्दा बेहोस भएका थिए । सडको नाली सफा गर्दैगर्दा बेहोस भएर लडेको केही समयमै उनको मृत्यु भएपछि सँगै काम गर्ने स्थानीय परशुराम चुँदालीले प्रहरीलाई खवर गरेका थिए । बेहोस भएका महतराको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ । महतराको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

शिक्षकले कुट्दा विधार्थीको दाँतै भाँचीयो

सीता भण्डारी
गुल्मी, १४ असार । गुल्मीको हाडहाडेमा रहेको निन्यूखर्क माध्यमिक विद्यालयका शिक्षकले एक विद्यार्थीलाई भौतिक कारवाही गरी गम्भिर घाईते बनाएको भन्दै विद्यालयको पुर्व विद्यार्थी मञ्चले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीलाई शिक्षकले अङ्गभङ्ग हुने गरी कारवाही गर्न कुनै शिक्षा नीति र नैतिकताले दिँदैन भन्दै पुर्व विद्यार्थी मञ्च, काठमाण्डौले गएको असार ९ गते आईतवारका दिन विद्यार्थी सीता विश्वकर्मालाई शिक्षक कृष्ण कुवँरले भौतिक कारवाही गरी गम्भिर घाईते वनाएको घटनाप्रति एक प्रेस विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संयोजक कृष्ण विष्ट र सहसंयोजक श्यामकुमार विश्वकर्माद्धारा जारी विज्ञप्तीमा घाईते छात्राको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अमर्यादित तथा शिक्षा नीति विपरीत कार्य गर्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले तत्कालै वरखास्त गरी पीडित छात्रालाई क्षतिपुर्तिसहित नि:शुल्क औषधी उपचार गर्न माग समेत गरिएको छ । विज्ञप्ती अनुसार घाईते छात्राको भैरहवामा उपचार भएको छ । यता विधालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनारले पहिले घाईतेको उपचारलाई प्राथमिकता दिईएकोले अव कुटपिट गर्ने शिक्षकलाई कारवाहीकालगि विधालय समक्ष कुरा रख्ने वताउनुभएको छ । यता विधार्थीले भने बिद्यालय ब्यवस्थापनले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
सहपाठीलाई सिकाई दिएको निहुँमा कुटििपट गर्दा विधार्थी सीता विकको दात भाँचिनुकासाथै टाउकोमा समेत चोट लागेको वताईएको छ ।

एक महिनादेखी बिजुली नहुँदा दैनिक २५० लिटर दुध खेर

Published on: //
सीता भण्डारी
गुल्मी,२६ जेठ । विगत एक महिनादेखी अवरुद्ध गुल्मीको मानकोट क्षेत्रको विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । मानकोटमा रहेको विद्युतको ट्रान्सफरमर विग्रिएर सेवा अवरुद्ध वनेपछि स्थानीयवासी अन्धकारमा वस्न वाध्य भएका छन् । विद्युत अवरुद्ध हुँदा खज्र्याङ्ग गाविसको वार्ड नं. ४ र ५ का २ सय ५० घरधुरीका उपभोक्ताहरु प्रभावित वनेका हुन् । त्यस्तै विद्युतका कारण खज्र्याङ्ग वजारमा सञ्चालित दुग्ध सहकारी संस्था समेत प्रभावित वनेको छ । संस्थामा दैनिक २ सय ५० लिटर दूध खेर गईरहेको सञ्चालक विष्णुमान श्रेष्ठले जानकारी दिनुभयो । सहकारी संस्थामा अहिले ५५ जना कृषकहरु आवद्ध छन् । विद्युत अभावका कारण दैनिक दूध खेर जान थालेपछि कृषकहरु निराश वनेका छन् । विद्युत अवरुद्ध भएको एक महिना वितिसक्दा पनि विद्युत प्राधिकरण गुल्मीले सो समस्या समाधानका लागि कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । विद्युत सञ्चालनका लागि भन्दै दुई तीन पटक जिल्ला प्राधिकरणमा डेलिगशन गएपनि कुनै सुनुवाई नै नभएको संस्थाका पुर्व अध्यक्ष दालप्रसाद पन्थीले वताउनुभयो । उपाभोक्ताहरुले जिल्ला प्रशासन कार्यालयमा समेत विद्युतको समस्याका विषयमा जानकारी गराएका थिए । 

नि:शुल्क स्वाथ्य शिविर सम्पन्न

Published on: // ,
सीता भण्डारी
गुल्मी, १७ जेठ । गुल्मीको ईस्मा रजस्थलमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिला वालवालिका तथा जिल्ला विकास समिति गुल्मी र जिल्ला महिला समन्वय समितिको आयोजना, लुम्विनी मेडीकल कलेज प्रवास पाल्पाको प्राविधिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र ईस्मा रजस्थल गाविसको समन्वयात्मक सहयोगमा एक दिने महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्त्रीरोग, वालरोग, जनरल मेडिसिन लगायतका सेवाहरु प्रदान गरिएको शिविरमा स्त्रीरोग तर्फ ४ सय १ जना, जनरल तर्फ २ सय ६८ जना र वालरोगमा ४ सय ४जनाको स्वाथ्य परीक्षण गरिनुका साथै नि:शुल्क रुपमा औषधि वितरण गरिएको थियो । शिविरमा लुम्विनी मेडिकल कलेजका १० जना स्वाथ्यकर्मिको टोलिले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सम्वन्धि परामर्श दिएका थिए ।
महिला समन्वय समिति सदस्य ललिता गौतमको सभापतित्व रहेको शिविरको उद्घाटन कार्यक्रममा, प्रमुख अतिथी स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, विशेष आतिथी नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य भरतवहादुर चन्द, लुम्विनी मेडिकल कलेजको तर्फवाट कृष्णप्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी आनन्दपुर माध्यमिक बिद्यालयका विधार्थीले स्वागत गीत प्रस्तुत गरेका थिए । महिला समन्वय समिति सदस्य गीता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निशाा केसीले गर्नुभएको थियो ।

लाखौ रुपैयांको बिद्युत ट्रान्सफर्मर बेवारिशे


सीता भण्डारी
गुल्मी, १६ वैशाख । विगत २ बर्षदेखी अर्घाखांची स्थीत मरेङ गाविस ७ काफलखर्कको सार्वजनिक स्थानमा लाखौ रुपैयांको बिद्युत टन्सफर्मर बेवारिशे अवस्थामा रहेको छ ।
अर्घाखांचीका विभिन्न गाविसमा विद्युत सेवा नपुगेका बेला प्राधिकरणले लाखौको विद्युतको ट्रासन्फर बेवारिशे बन्दा समेत वेवास्ता गरेको हो । २ बर्ष अगाडी विद्युत प्राधिकरण सन्धीखर्कबाट विद्युतको लाइन विस्तार गरी उपभोक्तालाई थप सुविधा दिने बताएपनि हालसम्म कुनै काम नहुंदा स्थानीयले सास्ती पाएका छन् । अहिलेसम्म कम क्षमताको ट्रान्सफरका कारण आफुहरुले डिम (मधुरो) लाइट प्रयोग गर्न बाध्य हुंदा समेत प्राधिकरणले बेवास्ता गरेको स्थानीय फर्सुराम पाण्डेको भनाइ छ । अर्घाखाँची जिल्ला लोडसेडिगं मुक्त केही जिल्ला भित्र रहेपनि स्थानीयले भने सहज रुपमा विद्युत सेवा नपाएको गुनासो छ । उता जिल्ला विद्युत प्राधिकरण अर्घाखाँचीले भने अन्यत्र जान लागेको ट्रान्सफर स्थानीयले रोकेर राखेकाले काम अगाडी बढाउन नसकेको दावी छ ।

जिप दुर्घटना हुँदा ९ जना घाईते


सीता भण्डारी
गुल्मी,२७ चैत । गुल्मीको वलिथुम गाविसमा आज विहान जिप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । वलिथुमको सानो लुम्पेकवाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १३०७ नं.को जिप सोही गाविसको वार्ड नं ९ स्थित धारापानिमा आज विहान सडकमै पल्टीँदा वलिथुम गाविसका भिमवहादुर विक, चेतमान पुन, हरि घर्ति, हरि भण्डारी, टीकारामा पराजुलि, चन्द्रिमाया घर्ति, चन्द्रकुमारी श्रेष्ठ, राधा वुढाथोकि र अस्लेवा १ का रामु पाण्डे घाईते भएको वलिथुमबाट गोविन्द पेमिले जानकारी दिनुभएको छ । घाईतेहरुको हात खुट्टा तथा शरिरका विभिन्न स्थानमा चोट लागेको छ भने उनिहरुको अवस्था समान्य रहेको वताईएको छ । घाईतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घास ल्याईएको छ । उकालो वाटोमा व्रेक फेल भएपछि जिप पछाडि गुडेर सडकमै पल्टेको थियो ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग