Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सचेतना केन्द्रका संयोजकहरुको अन्तरकृया सम्पन्न

Published on 3:46:00 PM //

पि.एम.मगर
गुल्मी, असार २१ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसिडीपी कार्यक्रम अन्तर्गत राष्ट्रिय ग्रामिण तथा सामाजिक विकास केन्द्र नार्डेक नेपालद्धारा सञ्चालित जिल्लाका विभिन्न ८ गाविसका नागरिक सचेतना केन्द्रका संयोजक तथा सहभागीहरुको भ्रमण, अनुगमन तथा अन्तरकृया कार्यक्रम हिजो सम्पन्न भएको छ ।

जुभुङ्ग गाविसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था नेपालका जिल्ला अध्यक्ष विष्णुप्रसाद भण्डारीले समाज परिवर्तन गर्नका लागि पाईलाहरु स्वयं आफुवाट शुरुवात गर्नुपर्ने कुरामा जोड दिदै नयाँ अनुभव लिनका लागि आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने वताउनुभएको थियो । अध्यक्ष भण्डारीले यस्ता कार्यक्रमहरुले समाज परिवर्तनमा महत्वपुर्ण टेवा पु¥याउने वताउँदै समाजका सम्पुर्ण सचेत युवा तथा वुद्धिजीवि वर्गहरु सधै समाज परिवर्तनको क्षेत्रमा लागिरहन आग्रह समेत गर्नुभयो । सोही कार्यक्रममा जुभुङ्ग गाविसका सामाजिक परिचालक प्रकाश थापा र भुर्तुङ्ग गाविसका सामाजिक परिचालक ऋषिराम रानाले आ–आफ्ना नागरिक सचेतना केन्द्रहरुले गरेको कार्यको समिक्षा गर्दै यसले समाजमा महत्वपुर्ण र प्रभावकारी भुमिका खेलेको कुरा औँल्याएका थिए । त्यस्तै सहभागीको तर्फवाट जुभुङ्ग गाविसकी मुना गौतम, हंसरा गाविसकी गिता भण्डारी, शान्तिपुरकी धनिदेवी पौडेल, हरेवाकी सिर्जना वस्याल, दुविचौरकी शान्ति विश्वकर्मा, खड्गकोटकी टिका परियार, आंपचौरका वावुराम सुनार लगायतले यस कार्यक्रमले समाजमा सरसफाई, कृषी, स्वास्थ्य शिक्षा, आर्थिक विकास, लैङ्गिक हिँसा, विभिन्न विकासका काममा सहयोग लगायतका पक्षमा सहयोग एवं जनचेतचना जगाउने जस्ता कार्यमा सहयोग गरेको वताउनुभएको थियो । राष्ट्रिय ग्रामिण तथा सामाजिक विकास केन्द्र नार्डेक नेपालका अध्यक्ष रेशम कुवँरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डिवि पछाईले कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका फोकल पर्सन हरिकृष्ण विश्वकर्माले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग