Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई जना कर्मचारीको भरमा जिल्ला भु–संरक्षण कार्यालय

Published on 12:27:00 PM //

प्रेम सुनार
साउन ११, गुल्मी । यो वर्षायाममा विभिन्न स्थानमा पहिरोले कैयौं जनताको घरवास उठाएको छ त कसैको घर उच्च जोखिममा छ  । यस्तो अवस्थामा रोकथाम गर्ने निकाय जिल्ला भु–संरक्षण कार्यालय गुल्मी भने जम्मा दुई जना कर्मचारीको भरमा चलेको छ ।
कार्यालय प्रमुख ईन्जिनियर विजेन्द्र कृष्ण सिंह साउन ३ गतेदखि काठमाण्डौ गएका छन् भने का.मु. चलाउनु पर्ने सब-ईन्जिनियर रामचन्द्र नेपाल असार २७ गतेदेखि कार्यालयमा हाजिर छैनन् । अर्का प्राविधिक चन्द्रप्रसाद सेँढाई लोक सेवा आयोगको अधिकृत पदका लागि अन्तवार्ता दिन काण्माण्डौ गएका छन् । "दश जनाका दरवन्दी हो एक जना लेखापाल रिक्त छ", खरदार जनक पाण्डेले भने, "अहिले त म र कार्यालय सहयोगी निरबहादुर बोहरा मात्रै छौँ ।"
सव-ईन्जिनियर र प्रमुख एक हप्ता भन्दा बढि भयो काठमाण्डौ जानु भएको पाण्डेले थपे अरु पनि सवै बाहिर हुनुहुन्छ । कार्यालयको नियमित काममा वाधा परेको छैन् ? भन्ने प्रश्नमा पाण्डेले भने– ‘ईन्जिनियर प्राविधिकहरु नभए त बाधा परी नै हाल्छन नि ।’ यस सम्वन्धमा कार्यालय प्रमुख सिंह संग सम्पर्क राख्दा उनले जरुरी कामले काठमाण्डौँमा आएको बताए । म काठमाण्डौँ छु पछि कुरा गरौँला भनेका सिंहले अन्य कर्मचारीहरुका बारेमा बताउँदै गर्दा फोन स्पष्ट नभएर राखियो । अर्का सबईन्जिएर नेपाले भने– "कार्यालय प्रमुख सिंहले एक वर्षदेखि आफुलाई जिम्मेवारी विहिन पारेपछि सरुवा माग्न काठमाण्डौ आएको छु ।" असार मसान्त भित्र के कति काम भयो भन्नेबारे जानकारी लिन फोन गर्दा आफु प्रशासनिक फाँटको भएको हुँदा केहि थाहा नभएको पाण्डेको भनाई थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग