Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वेवारिशे अवस्थामा महिलाको शव फेला

Published on 12:17:00 AM //

जनार्दन घिमिरे
गुल्मी, ११ साउन । गुल्मीको धुर्कोट वस्तु गाविस अन्तर्गत हुलाके खोलाको किनारमा एक महिलाको शव आज वेवारिसे अवस्थामा फेला परेको छ । मंगोलीयन अनुहार जस्तो देखिने अन्दाजी ६० वर्षीय उक्त महिलाको शव आज दिउसो र्निवस्त्र अवस्थामा खोलाको किनारमा फेला परेको हो । सो महिलाको हातमा तामाका चुरा रहेको हुँदा उक्त शव एकल महिलाको हुन सक्ने स्थानीयवासीहरुले अनुमान गरेका छन् । शव वाढीले वगाएर खोलाको किनारमा फालेको हुन सक्ने जनाईएको छ ।
उक्त महिलाको शवको वारेमा अफै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शवलाई अहिले प्रहरी टोलीले सदरमुकाम तम्घास ल्याउँदै गरेको छ । । स्थानीय कृष्ण अर्यालले शव देखेपछि प्रहरीमा जानकारी गराएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग