Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षाले घर भत्कायो, ७ जनाको परिवार बिस्थापित

Published on 10:58:00 PM //

पि.एम.मगर
गुल्मी, साउन ४ ।  पछिल्लो समयमा लगातार जसो परिरहेको वर्षाका कारण गुल्मीको वम्घा गाविसका एक व्याक्तिको घर भत्किएको छ । वर्षाका कारण घर मुनिवाट जमिन भास्सिएपछि वम्घा गाविस वार्ड नं. १ सालटारी निवासी टेकवहादुर वोटे माझीको घर भत्किएको हो ।
घर भत्किएपछि ७ जनाको माझी परिवार विस्थापित भएका छन् । अहिले उनीहरु छिमेकीको घरमा आश्रय लिएर वसेका छन् । घर भत्किँदा करिव १ लाख वरावरको क्षति हुन पुगेको स्थानीयवासीको भनाई छ । घटना लगत्तै जोहाङ्ग इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको खबर सहकर्मी हेम त्यागीले नै पठाउनुभएको हो ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग