Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक वर्षदेखि अवरुद्ध विद्युत परियोजना अझै अलपत्र

Published on 10:54:00 PM //

पि.एम.मगर
गुल्मी, साउन ४ गते । विगत एक वर्ष अगाडीदेखि अवरुद्ध गुल्मीको मरभुङ्ग १ मा रहेको मालिका लघु जलविद्युत परियोजना अझै सञ्चालनमा आउन सकेको छैन । २०६५ सालमा निर्माण भई विद्युत सेवा प्रदान गरिरहेको ८ किलोवाट क्षमता रहेको उक्त परियोजना गत एक वर्षदेखि अवरुद्ध वन्दै आईरहेको छ । विद्युत अवरुद्ध हुँदा स्थानीय उपभोक्ता मर्कामा पर्दै आईरहेका छन् ।
सदरमुकामदेखि चौरासी पुर्कोटदह जोड्ने मोटरवाटो खन्ने क्रममा परियोजनाको कुलो पुरिएको र हिउँदमा पानी नहुनुले परियोजना वन्द हुन पुगेको टिकावहादुर क्षेत्रीले वताउनुभयो । उहाँले उपभोक्ताहरुले चासो नदेखाउँदा पनि थप अस्तव्यस्त वनेको वताउनुभयो । सो परियोजनाको मरभुङ्ग गाविसको वार्ड नं. १ र ९, सिर्सेनी गाविसको वार्ड नं. १ का गरी कुल १ सय ५० घरधुरीले सेवा उपभोग गर्दैै आएका थिए । स्थानीय समाजसेवी क्षेत्रीको सक्रियतामा प्रति घर ३-३ हजारका दरले सहयोग उठाई वाँकी अपुग रकम क्षत्रीले नै हाली कुल २० लाखको लागतमा परियाजना निर्माण गरी संचालनमा ल्याईएको थियो ।
सोही कुलोवाट सिञ्चाई सेवाको समेत उपभोग गर्दै आईरहेका अल्छिन फाँटका कृषकहरु कुलो नै वन्द भएपछि आक्रोशित वनेका छन् । अहिले टाँगिएका विद्युतका तारहरु चुडिएका छन भने पोलहरु समेत ढलेको खबर सहकर्मी दुर्गावहादुर खड्काले पठाउनुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग