Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटना पुर्ब मन्त्रि किरण गुरुङ सहित चार जना घाइते

Published on 6:48:00 PM //

कृष्ण बिसी
नवलपरासी, असार २० । पृथ्बी राजमार्ग अन्तर्गत चितवनको फिष्लीङ्गमा गएराति भएको गाडी दुर्घटनामा तनँहु क्षेत्र नम्बर ३ का पुर्ब सभाषद तथा पुर्ब मन्त्रि किरण गुरुङ सहित चार जना घाइते भएका छन् । मुग्लीनबाट काठमाण्डौ जाँदै गरेको ना २ ख ८४९९ नम्बरको ट्रक र काठमाण्डौबाट मुग्लीन तर्फ आउदै गरेको ग १ च ७९१६ नम्बरको कार एक आपसमा ठोक्किँदा गुरुङ सहित मकवानपुरको हेटौडा ४ बस्ने बर्ष ४६का सन्तोष लामा, पोखरा उपमहानगर पालिका ४ संगमचोक बस्ने बर्ष ४५ की रमा गुरुङ र सोही स्थानका ५२ बर्षका बोस गुरुङ घाइते हुनु भएको हो ।
मुग्लीन मलेखु सडक खण्डमा पर्ने दाह्रेचोक ९ फिष्लिङ्गमा भएको दुघर्टनामा घाइते भएका चारै जनाको चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेजमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग