Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुम्बिनीका योजनालाई उच्च प्रार्थमिकता

Published on 2:20:00 AM //

चन्द्रकान्त खनाल
यस वर्षको बजेटले लुम्बिनीका केहि महत्वपूर्ण योजनालाई पनि उच्च प्रार्थमिकतामा राखेको छ ।

जसमध्ये बुटवलमा अन्तराष्टिय सम्मेलन केन्द्र स्थापना गरिने, लुम्बिनी क्षेत्रको विकास राष्ट्रिय गौरवको योजना, नवलपरासीमा नयां औद्योगीक क्षेत्र निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने, बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा दोभान सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने, भैरहवामा क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था, पाल्पामा पर्यटकिय विमानस्थल सम्भाव्यता अध्ययन गरिने, भैरहवाको आर्थिक क्षेत्र यसैवर्ष संचालनमा ल्याईने र पाल्पामा अदुवा प्रशोधन केन्द्र बनाईने जस्ता योजनालाई बजेटले समेटेको छ ।

त्यस्तै तानसेन खानेपानी व्यबस्थापनको बैकल्पिक व्यबस्था अवलम्वन अध्यन गर्ने, पर्यटकिय तथा पुरातात्विक महत्वका भैरवस्थान, ऋषिकेश मन्दिरको जिर्णोदारको व्यबस्था, रानीमहललाई बिशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, माडीफाट रिङरोड करिडोर निर्माण जस्ता महत्वपुर्ण योजनाहरु परेका छन् । त्यसैगरि भैरहवा गौतम बुद्ध विमानस्थलको स्तरवृद्धिको योजना, बुटवल कोहलपुर बिद्युत प्रशारण लाईन, भरतपुर बर्दघाट लाईन र वर्दघाट गोरखपुर प्रशारण लाईनलाई व्यवस्थीत गर्ने लक्ष्य लिएको छ । बेलहिया बुटवल सडकखण्डको निर्माण निरन्तरता दिन थप बजेट छुट्याईएको छ ।

गुल्मी पूर्कोट दहको सडक कालोपत्रे, पश्चिमाञ्चलका ८ जिल्लामा सुन्तला खेतीलाई विस्तार गर्न सुन्तला बगैचा कार्यक्रम ल्याईएको छ । बजेटमा भैरहवामा नेपाल भारत एकिकृत जांच चौकीलाई निरन्तरता दिने, गुल्मी अर्घाखांचीका किसानलाई प्रेरित गर्न उन्नत विउ विजन कार्यक्रम दिएको छ । यसवर्षको बजेटमा लम्बिनी अञ्चलका धेरै योजनाहरुलाई प्राथमिकतामा राखेको सरकारले ती योजनालाई कति बजेट छुट्याएको छ त्यो भने खुलाईएको छैन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग