Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुशासन अभियान गुल्मीले भ्रष्टाचार विरुद्धको अभियानलाई तिव्रता दिने

Published on 4:25:00 PM //

पि.एम.मगर
गुल्मी, असार २६ । सुशासन अभियान, जिल्ला शाखा गुल्मीले हालसम्म गर्दैैआएको कार्यको समिक्षा गर्दै आगामी योजनाका विषयमा समेत छलफल गरेको छ । आज आफ्नै कार्यालयमा शाखाका पदाधिकारी सदस्यहरुविच छलफल गरेको हो । सोही छलफलले एड्भोकेसी एण्ड लिगल एड्भाईस सेन्टर डेभेलपमेण्ट प्याक्ट (एलाक डीपी) कार्यक्रमका लागि शाखाले प्रतिवद्धता समेत जनाएको छ ।
एलाक डीपी कार्यक्रमका लागि अहिले दोश्रो चरणमा गुल्मी सहित विभिन्न ६ वटा जिल्लाहरु छनौटमा परेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि व्याक्ति तथा संस्थाको नीति, व्यवहार र प्रवृतिमा परिवर्तन गर्न प्रयास गर्ने, सार्वजनिक निकायमा हुने अनियमितता तथा कमी कमजोरीवारे जनतालाई गुनासो गर्न प्रोत्साहित गर्ने, जनतामा भ्रष्टाचारप्रति असहिष्णुता अभिवृद्धि गर्ने, भ्रष्टाचारविरुद्ध क्रियाशील नागरिक संस्थाहरुको सञ्जाल निर्माण गर्न प्रोत्साहित गर्दै अभियानलाई सशक्त बनाउने एलाक डीपीको योजनामा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता शाखाले जनाएको छ । त्यस्तै भ्रष्टाचार नियन्त्रण गर्न अध्ययन अनुसक्धान गरिरहेका तथा गुनासो सुनिरहेका रसाज्य संयन्त्रलाई सहयोग गर्ने र भ्रष्टाचारविरुद्ध क्रियाशील संस्थाहरुको क्षमता अभिवृद्धि गर्न सूचना आदानप्रदान गर्ने, सेवाप्रदायिकहरुसँग सहकार्य गर्दै सेवाको स्तरमा वढोत्तरी गर्ने लगायतका क्षेत्रमा पनि सहकार्य गर्दै जाने शाखाको भनाई छ ।
सरकारी सेवामा सुधारको आवश्यकता र सेवामा गुणात्मक सुधारका कार्यक्रम सहित भष्ट्राचार विरुद्धको सहकार्य अन्तर्गत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासन अभियान गुल्मीले जिल्लामा शाखाले सम्पन्न गरेका र गर्नुपर्ने कार्यहरुको समिक्षा तथा विश्लेषण समेत गरेको छ । भ्रष्टाचारका विषयमा कार्यालयमा आएका उजुरी तथा निवेदनहरुको अध्ययन गर्दै संवन्धित पक्षको ध्यानाकर्षण गराई त्यसको यथार्थ छानविन प्रकृयामा अगाडी वढने विषयमा समेत छलफल गरेको छ । छलफल शाखाका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । छलफलमा शाखाका संपुर्ण पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग