Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बिक पक्राउ, थप अनुसन्धानको लागि जिप्रका पठाईयो

Published on 8:43:00 PM //

कविता घर्ती मगर
बुर्तिबाङ, असार ३० । बागलुङ जिल्लाको देविस्थान गाउँ विकास समितीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा विकलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको छ ।  
वडा नं ५ हुल्दी निबासी ४० बर्षिय फुर्से विकलाई आफ्नै १२ बर्षिय छोरीलाई बलत्कार गरेको भन्दै बलत्कृत बालिकाको स्वास्थ्य परिक्षण गर्नको लागी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा डक्टर नभएको र घटनाको थप अनसुसन्धानका लागी आज जिल्ला प्रहरी कार्यलय बागलुङ पठाईएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ  ।
घटना गत शुक्रबारको भएतापनि बाबुले यो कुरा कसैसंग भनेमा ज्यान मार्ने धम्की दिएकाले पीडित बालिका भने डरले मावली परिवारमा गएर बसेकी थिईन । शनिबार बालिकाले आफ्नी हजुरआमासंग कुरा खोलेपछि सो घटाना बाहिर आएको पिडितका आफन्तले जनाएका छन् ।
स्थानीयले यस घट्नाबारे बाबुलाई सोध्न खोज्दा पिडित पक्षको आफन्तले आफु माथी आरोप लगाएको र आत्महत्या गर्ने प्रयासमा खोलामा समेत हाम फाल्न खोजेको पनि जनाईएको छ । विकलाई स्थानीयले शनिबार नै ईलाका प्रहरी कार्यालय बुतिर्बाङमा बुझाएका थिए । उता बलात्कृत बालिकाको स्वास्थ्यमा समेत असर देखिएको जनाईएको छ । साथै विकले छिमेक तथा किशोरीहरुमाथि पनि पटकपटक जवरजस्ती करणीका प्रयास गर्ने गरेको स्थानियबासीले बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग