Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा गुल्मी सम्पर्क समितिले चौथो रेसुङ्गा भलिबल प्रतियोगिताको आयोजना गर्ने

Published on 9:36:00 AM //

“बृद्ध वृद्धा हाम्रा भगवान, वृद्धा आश्रम निर्माणको लागि हाम्रो अभियान”भन्ने नाराका साथ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आगामी सेप्टेम्बर २० तारिखका दिन कोरियनहरुको महानचाड छुसकको अवसर पारेर चौथो रेसुङ्गा मैत्रीपुर्ण भलिबल कप प्रतियोगिता संचालन गर्ने भएको छ । उक्त दिनको भलिबल कार्यक्रममा सहभागी भई भब्य रुपमा सफल पारिदिनु हुनको लागि कोरियामा रहेका सम्पुर्ण संघसंस्था तथा त्यहाँ बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजकहरुले अनुरोध गरेका छन । उक्त दिनको भलिबल प्रतियोगितासँग अन्य कुनै प्रतियोगिताहरु नजुधाई सहयोग गरिदिनु हुन पनि सबै संघ संस्थाहरुसँग समितिले आग्रह गरेको छ । भलिबल प्रतियोगिता सम्बन्धि तालिका र स्थान छिट्टै प्रकाशित गर्ने पनि आयोजकले बताए ।

गुल्मीको चर्चित भलिबल खेलाडी सरोज खड्कालाई बिदाई

दक्षिण कोरियामा सन्चालन हुने भलिबल प्रतियोगितामा सदैब उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियाले आफ्ना एक उत्कृष्ट खेलाडिलाई बिदाई तथा सम्मान गरेको छ । लामो समदेखी समितिको टिममा रही कोरियामा आयोजना हुने भलिबल प्रतियोगितामा सम्मिलित भई समितीलाई ११ वटा उपाधी  दिलाउन सफल भएको गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियाका उत्कृष्ट भलिबल खेलाडी  सरोज खड्कालाई समितिले एक कार्यक्रमका बिच बिदाई गरेको हो । खड्का आफ्नो रोजगारको कार्यअवधी सकेर नेपाल जान लाग्नुभएको हो । बिदाई कार्यक्रममा सरोज खड्काले भलिबल खेलमा गरेको उत्कृष्ट प्रर्दशन र भलिबल टिमलाई नै उत्कृष्ट ब्यवस्थापन गरि लगातार जीत हासिल गर्न सफल भएकोमा खड्काको योगदानको कदर गर्दै समितिका पदाधिकारीहरुले सम्मानका साथ धन्यबाद प्रदान गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष शंकर रानाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष प्रेम ज्ञवालीको स्वागत मन्तब्यमा सचिब श्री चन्द्र पराजुलीको संचालनमा सउलको दोङ्गदेमुनको एक रेष्टुरेन्टमा सम्पन्न भएको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग