Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयलाई जापानी नागरिकको १० लाख सहयोग

Published on 11:59:00 PM //

जनार्दन घिमिरे
गुल्मी, साउन ०५ । गरिव तथा जेहेन्दार विद्यार्थीको हितका लागि भन्दै एक जापानी नागरिकले गुल्मी वामी स्थित महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
वुटवलमा शनिवार एक कार्यक्रमका विच जापानी नागरिक नवुआ कोवोयसेले विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिका लागि सो अक्षय कोष स्थापना गर्नुभएको हो । उहाँले १० लाख रुपैयाँ रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयप्रति गरेको सहयोगको प्रशंसा गर्दै जापानी नागरिक कोवोयसेलाई सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वुटवलका कार्यालय प्रमुख सुवाष पन्त, जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिलाल अर्याल लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य भिमलाल सापकोटाले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन शिक्षक मृगेन्द्रप्रसाद रिजालले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग