Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक नखुल्दा खाद्यान्य अभाव, यात्रुलाई सास्ती

Published on 3:05:00 PM //

पि.एम.मगर
गुल्मी, साउन १ । झण्डै २ महिनादेखि गुल्मीको रिडी रुद्रवेणी सडक खण्डको रुपाकोट गाविसमा पहिरोले लामो समयदेखि यातायात अझै सुचारु नहुँदा जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामीटक्सार र बाग्ललुङ्गको बुर्तिबाङ्गसम्मका जनता समस्यामा परेका छन् ।
उक्त सडक खण्ड अन्तर्गत तालखोला नजिकै खसेको ढुङ्गा डोजर प्रयोग गरी हटाईए पनि साँघुरे र रुद्रवेणी नजिकै रहेको पहिरो हटाउन गाह्रो परेपछि यातायात अवरुद्ध बनेको हो । सुरुमा साँघुरेमा जिल्ला विकास समितिले पर्खाल उठाउँदा एक महिनासम्म सडक अवरुद्ध भएको थियो । लामो समयदेखि यातयात सुविधा बन्द भएपछि त्यस क्षेत्रमा खाद्यान्यको अभाव सृजना भएको छ ।
यातयातका साधन सुचारु नहुँदा जोहाङ्ग खैरेनी, तुराङ्ग मजुवा, भुवाचिदी, वामीटक्सार जस्ता गुल्मी क्षेत्र नम्वर १ का मुख्य वजारहरुमा स्टक उपभोग्य बस्तु सकिएकाले उपभोक्ताहरु त्यतिकै फर्किने गरेको बताईएको छ । वामीटक्सार बजारका गल्ला ब्यापारी सुमन कक्षापतिले त्यहाँका हरेक पसलहरुमा स्टक सामानहरु समेत सकिएर संकट आई परेको बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग